Logo
६ जेष्ठ २०८१, आईतबार
(December 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवाहपछि किन शरीरको ढाँचा नै बद्लिन्छ ?

एक नयाँ शोधका अनुसार एक्लो हुँदा भन्दा विवाह गरेपछि मानिसहरु खाद्यान्नको बढी खरिद गर्दछन् ।

युनिभर्सिटी अफ बेसलमा हेल्थ साइकोलोजीकी असिस्टेन्ट प्रोफेसर जुट्टा माटाका अनुसार लामो सयमसम्म सम्बन्धमा रहने मानिस खानपानमा सचेत हुन्छ । यसकारण ऊ पहिला भन्दा स्वस्थ हुन्छ ।

शोधका अनुसार महिला होस् वा पुरुष, विवाहित जोडीको एक्लो हुँदा भन्दा बढी बिएमआई हुन्छ । यसैगरी, शोधमा विवाहित मानिसहरु एक्लो हुँदा भन्दा खेलकूदजस्ता गतिविधिमा कम सहभागी हुने शोधको क्रममा पत्ता लागेको छ ।

सबैले मानेकै कुरा हो कि विवाहपछि मानिसको जिन्दगी नै बदलिन्छ । तर, केही मानिसहरुको शरीरको ढाँचा नै बदलिन्छ । किन ? विवाहपछि मानिसको सामान्यतः तौल बढ्न थाल्छ । शोधका अनुसार उनीहरुको जीवनशैलीमा आउने परिवर्तनका कारण यस्तो हुन्छ ।

नौवटा युरोपियन देशहरुमा भएको उक्त अध्ययनमा शोधकर्ताहरुले विवाहित जोडी अविवाहितभन्दा राम्रो खाना खाने तथ्य पत्ता लागेको छ । तर, शारीरिक अभ्यास तथा खेलकूदसम्बन्धी गतिविधिमा कम भाग लिनाको कारण तौल बढ्छ ।

प्रकाशित मिति: Dec 17, 2019

प्रतिक्रिया दिनुहोस्