Logo
२० बैशाख २०८१, बिहीबार
(December 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निर्देशक समाजको नयाँ कार्यसमिति अध्यक्षमा रक्षा र महासचिबमा जनकदीप पराजुली विजयी

काठमाडौँ: निर्देशक समाजको अध्यक्ष पदमा रक्षा सिंह राणा विजयी भएकी छिन् । शनिबार भएको चुनावी अधिवेशनबाट उनी विजयी भएकी हुन् । उनले ४५ भोट ल्याउँदा उनको प्रतिद्धन्द्धी मानिएकी सुचित्रा श्रेष्ठले ४४ भोट प्राप्त गरेकी छिन । यस्तै, अध्यक्ष पदका अन्य उम्मेदवार लक्ष्मण रिजाल र शेखर खनालले क्रमशः १९ र ३ भोट प्राप्त गरेका छन् । यस्तैगरि महासचिव पदमा जनकदिप पराजुली ६१ भोट प्राप्त गरि विजयी भएका छन् भने उनका प्रतिद्वन्द्दि समिर बलामीले ४० भोट पाए । उपाध्यक्ष पदमा राजेन्द्र कुमार उप्रेती र राजु अधिकारी निर्वाचित भए।

सचिव पदमा अरुण कुमार प्रधान ५९ भोटले विजयी हुँदा यता कोषाध्यक्ष पदमा समुन्द्र भट्ट निर्विरोध विजयी भएका छन । त्यस्तै गरि सह कोषाध्यक्षमा हरि सिलवाल निर्विरोध बिजयी भए। सदस्यहरुमा किशोर भण्डारी, भीषण राई, दीपक ओली, राज बस्न्यात, देवेन्द्र पाण्डे, नविन अवाल, थमन सिंह पुर्जा र सुरेश न्यौपाने चुनिएका छन् निर्देशक समाजको निर्वाचनका लागि २१७ जना मतदाता भएकोमा, जम्मा १३४ भोट मात्र खसेको थियो । निर्वाचित पधाधिकारीहरुले शनिबार नै सपथ ग्रहण गरेका छन् ।

प्रकाशित मिति: Dec 15, 2019

प्रतिक्रिया दिनुहोस्