Logo
२४ बैशाख २०८१, सोमबार
(December 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज पनि देशभर वर्षा र हिमपात : पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज पनि देशैभरीको मौसम परिवर्तन हुनेछ । मौसम पूर्वानुमान महाशाखाले जारी गरेको पूर्वानुमानको बुलेटिनका अनुसार देशको मध्य र पश्चिमी पहाडी भूभागमा र पूर्वी भूभागमा बदली भई हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

शनिबार विहान विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ भने केही हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।  महाशाखाका अनुसार शनिबार दिनभरी देशका  देशका मध्य र पश्चिमी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी भू–भागमा सामान्य बदली रहनेछ।

देशका मध्य र पूर्वी भू-भागका केही स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेको छ । उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ ।

यसैगरी उच्च पहाडीसहित हिमाली भ-भागहरुमा कतै हल्का र कतै मध्यम हिमपात हुने सम्भावना रहेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

प्रकाशित मिति: Dec 14, 2019

प्रतिक्रिया दिनुहोस्