Logo
२५ बैशाख २०८१, मंगलबार
(November 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोरखामा नियम उल्लंघन गर्ने सवारी चालकलाई पुष्पगुच्छा र खादा

गोरखामा नियम उल्लंघन गर्ने सवारी चालकलाई पुष्पगुच्छा र खादा लगाइएको छ ।

आबुखैरेनी गोरखा सडकखण्डको १२ किलो बजारमा कार्यक्रम गरी जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयले यो अभियान सुरु गरेका हुन् ।

हिजो शुक्रबार देखि थालिएको उक्त अभियानमा पहिलो दिन नियमानुसार गरेका र नगरेका सबै चालकलाई खादा लगाएर फूल दिएका छन् । तर आनदेखि भने नियम मिच्ने चालकलाई पहिले खादा लगाइदिए पछि थप कारबाही गरिने एसपी ओम अधिकारीले बताए ।

उनले भने ‘नियम पालना गरेर सवारी साधन चलाउनका लागि यो अभियानले प्रेरित गर्छ भन्ने विश्वास लिएका छौँ ।’ ट्राफिक नियम पालना नगर्नेलाई व्यङ्ग्यात्मक रूपमा सम्मान गर्ने अभियान सुरु गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति: Nov 16, 2019

प्रतिक्रिया दिनुहोस्