घरमा सुख शान्ति भित्र्याउन पति पत्नीले हरेक बिहान गर्नुपर्ने यी ४ महत्वपूर्ण काम !
काठमाडौँ : घरलाई सुन्दर र शान्तमय बनाउन पति र पत्नी दुबैको अहम भूमिका हुन्छ । पतिपत्नीबीच प्रेम भएन भने उनीहरुबीचको सम्बन्ध बिग्रने गर्दछ । कहिलेकाहिँ नचाहँदा नचाहँदै पनि सानो सानो कुरामा मनमुटावले सम्बन्ध बिग्रने गर्दछ । तसर्थ घरको सुखशान्तिका लागी पतिपत्नी बिचमा प्रेमको कमी हुनु हुँदैन ।
शास्त्रमा उल्लेख भएअनुसार घरलाई शान्त, समृद्ध र खुसीमय बनाउनको लागी श्रीमान् र श्रीमती दुबैले घरको मर्यादामा रहेर विविध नियमको पालना गर्नुपर्दछ ।
भारतका एक एस्ट्रोलोजर डा. दीक्षा राठीले भनेअनुसार घरलाई सुख, समृद्धी राखिराख्न पतिपत्नीबिच बिहान उठेर यस्तो कार्य गर्नतर्फ लाग्नुपर्छ जसले माया बढाई घरलाई स्वर्गझैँ बनाउँछ । डा. राठीले भनेका ती ४ महत्वपूर्ण काम यसप्रकार छन्-
१. सिन्दुर लगाइदिने : हरेक दिन पतिले पत्नी बिहान सबैरै उठ्ने र स्नान गरी कर्मकार्य तर्फ अघि बढ्ने । कर्म कार्यपछि पतिले पत्नीको सिउँदोमा सिन्दुर लगाइदिएमा प्रेम बढ्दै जान्छ ।
२. उपहार : साताको हरेक शुक्रबार पतिले पत्नीलाई एकदमै बास्नादार सुगन्धित फूल उपहारको रुपमा दिने हो भने पतिपत्नी बिच माया बढ्दै जान्छ ।
३. पूजाआजा : घरलाई शुभमय बनाउको लागी दैनिक पूजाआर्जा एक महत्वपूर्ण कुरा हो । यदि पतिपत्नीले निधारमा पहेलो तिलक लगाएमा एकदमै शुभ हुन्छ । त्यस्तै पूजा गर्दा बिहान शिवलिङ्गसगैँ माता पार्वतीको पनि पूजा गर्नुपर्दछ । पुजा गरेपछि सिन्दुर चढाउन भने नभुल्नुहोस् ।
४. सुत्नेकोठा : पतिपत्नी बिच मायाप्रेम कायम राख्नको लागी सुत्ने कोठा एकदमै सफा राख्नुपर्दछ । यसो गर्नाले मनमा नकारात्मक उर्जा उत्पन्न पनि हुन पाउँदैन् । सुत्ने कोठामा राधा र कृष्णको सुन्दर तस्विर राखेमा प्रेम बढ्दै जानेछ । त्यस्तै सुत्ने बेडमा जहिल्यै पनि एउटा मा मात्र डस्ना ओछ्याउँदा शुभ हुन्छ ।