Logo
८ बैशाख २०८१, शनिबार
(September 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकसेवा आयोगद्वारा ११ हजार कर्मचारीको माग

काठमाडौं :  लोक सेवा आयोगले संघ र स्थानीय तहमा गरी ११ हजार कर्मचारीका लागि माग गरेको छ । विभिन्न कारणले स्थानीय तहमा ६ हजार र संघमा ५ हजार कर्मचारीका पदहरू रिक्त भएकाले आयोगले उक्त पदहरुका लागि दर्ख्वास्त दिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रदेश लोकसेवा आयोग गठन हुनुअघि स्थानीय तहले पदपूर्तिका लागि माग गरेका पदहरू लोकसेवा आयोगले पदपूर्ति गर्नेछ ।

त्यसैगरी संघअन्तर्गतका निकायहरूमा रिक्त विभिन्न पद तथा सेवा समूहको समेत आयोगले विज्ञापन गर्नेछ ।

प्रकाशित मिति: Sep 16, 2019

प्रतिक्रिया दिनुहोस्