Logo
२५ बैशाख २०८१, मंगलबार
(September 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कानुनले ठूलो सानो केही भन्दैन : बहुविवाहको अभियोगमा गाउँपालिका अध्यक्ष पक्राउ

बुटवल : बहुविवाह गरेको अभियोगमा प्यु्ठानको गौमुखी गाउँपालिका प्रमुख बिष्णुकुमार गिरी पक्राउ परेका छन् ।

बहुबिबाह गरेको भन्दै गाउँपालिका अध्यक्ष गिरी विरुद्ध भदौं १० गते उनकी श्रीमति सीता केसीले बहुविवाहको मुद्दाा दिएकी थिइन् ।

श्रीमतिले दिएको उजुरीको आधारमा आरोपीलाई पक्राउ गरिएको प्युठान प्रहरी प्रमुख डिएसपी नरेन्द्रकुमार कार्कीले बताए ।

गिरीले प्युठान नगरपालिकाकै एक १८ बर्षीया युवती दोस्रो विवाह गरेको अभियोग छ ।

‘गिरीलाई अदालतमा पेश गरिने छ , अदालतको फैसाला जस्तो आउँछ त्यही अनुसार गरिने छ , डिएसपी कार्कीले भने, ‘कानुनले ठूलो सानो केही भन्दैन ।’

प्रकाशित मिति: Sep 9, 2019

प्रतिक्रिया दिनुहोस्