Logo
१२ श्रावण २०८१, शनिबार
(August 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घारा ३७० खारेजीबारे राहुल गान्धी मौन, ‘जम्मु-कश्मीरका नेताहरुको गिरफ्तारी मुर्खतापूर्ण कदम’

भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धी भारत सरकारले गरेको जम्मु-कश्मीरका नेताहरुको गिरफ्तारी असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका छन्। यद्यपी उनले धारा ३७० को खारेजी गर्ने सरकारको निर्णयबारे केहि पनि बोलेनन् ।

लोकसभामा मंगलवार बोल्दै गान्धीले जम्मु-कश्मीरका नेताहरुको गिरफ्तारी भएको भन्दै त्यसको विरोध गरेपनि घारा ३७० खारेजीबारे भने केहि पनि बोलेनन् ।

उनले सरकारको यस कदमलाई मूर्खतापूर्ण कदम भएको बताएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। राहुल गान्धीले भनेका छन्, ‘आतंकवादीहरुलाई केन्द्र सरकारले किन मौका दिइरहेको छ? सबै नेताहरुलाई तुरुन्त रिहा गर्नुपर्छ।’

नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारले भारतको संविधानमा रहेको धारा ३७० खारेज गर्दै जम्मु-कश्मीरको विशेष राज्यको अधिकार खोसेको छ।

सरकारको पछिल्लो कदमसँगै जम्मु-कश्मिर केन्द्र शासित बनेको छ। धारा ३७० को खारेजीसँगै केन्द्र सरकारले जम्मु–कश्मीरका पूर्व मुख्यमन्त्रीहरु लगायतका नेताहरुलाई गिरफ्तार गरी हिरासतमा लिएको छ।

प्रकाशित मिति: Aug 6, 2019

प्रतिक्रिया दिनुहोस्