Logo
१२ श्रावण २०८१, शनिबार
(August 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाइप सफा गर्ने क्रममा अड्किएर दाजुभाइले गुमाए ज्यान

काठमाडौं :  आज बिहान राजधानीको बालाजुमा निर्माण अवस्थामा रहेको मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा २ जना मजदुरले ज्यान गुमाएका छन् । बालाजु चोकमा गाडिएको मेलम्ची खानेपानी आयोजनाको पाइपमा पसेर सफा गर्ने क्रममा ती दाजुभाइले आफ्नो ज्यान गुमाएका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएपी होबिन्द्र बोगटीका अनुसार शुक्रबार बिहान पौने १० बजे बालाजु चोकमा गाडिएको मेलम्ची खानेपानी आयोजनाको पाइपमा पसेर सफा गर्ने क्रममा दाजुभाइ अड्किएका थिए ।

यो घटनामा सप्तरीको कनकपट्टीका सुरेश साह र शिवकान्त साह दाजुभाइले ज्यान गुमाएका छन् । पुरिएको मेलम्चीको पाइप सफा गर्न बालाजु चोकबाट पस्ने क्रममा दुवैजना अड्किएका बोगटीले बताए । पाइप सफा गर्न छिरेका दुवै दाजुभाइ बाहिर ननिस्किएपछि डोजर प्रयोग गरिएको थियो ।

डोजर प्रयोग गरी उनीहरुलाई बेहोस अवस्थामा निकालिएको थियो । जसपश्चात् उनीहरुलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो । दुवैको शव पोष्टमार्टमका लागि शिक्षण अस्पतालमै राखिएको छ ।

प्रकाशित मिति: Aug 2, 2019

प्रतिक्रिया दिनुहोस्