Logo
५ जेष्ठ २०८१, शनिबार
(July 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोचक घटना : बिना अपरेशन ३ वटा टाउको भएको शिशुको जन्म

भारतको उत्तर प्रदेश राज्यमा एक अनौठो शिशुको जन्म भएको छ । उक्त शिशुको जन्मबाट चिकित्सकहरु  आश्चर्यमा परेका छन् ।

जुलाई ११ का दिन उत्तर प्रदेशको इटाहा जिल्लाको एक प्राथमिक स्वास्थ केन्द्रमा ३ वटा टाउको भएको शिशुको जन्म भएको छ । उक्त शिशुको मुख्य टाउकोबाट २ वटा अलग टाउकोजस्तो भाग देखिएको छ ।

‘महिलाको यौनाङग भइको बच्चाको ३ वटा टाउको छ । उनी टीभीहरुमा देखिने एलियनजस्तै देखिन्छिन् ,’ यो अनौठो बच्चाको जन्म देखेकी बिज्जी ठाकूले भनिन् ।

अझ ती अनौठो शिशुलाई उनको आमाले अपरेशन बीना नै जन्म दिएकोमा चिकित्सकहरु पनि आश्चर्यमा परेका छन् । बच्चाको थप उपचारका लागि उनको जन्म भएको प्राथमिक केन्द्रमा पर्याप्त सुविधा नभएकाले उनलाई जिल्ला अस्पताल इताहमा रिफर गरिएको थियो ।

डाक्टरहरुले बच्चाको एमआरआई गर्ने र नवजात शिशुको दिमागको वास्तविक अवस्था पहिचान गर्ने बताएका छन् । यो चिकित्सकीय अवस्थालाई ‘इन्सेफलोसेल’ भनिन्छ । रिपोर्ट अनुसार यो अवस्थाका साथ जन्मिएका बालबालिकाको बाँच्ने सम्भावना ५५ प्रतिशत हुन्छ ।

‘यो विरलै हुने चिकित्सकीय अवस्था हो । तर शिशुको शरीर पूर्ण रुपमा विकसित नभएकाले अहिले छुट्याउन सकिने सम्भावना हुन्छ । त्यही भएर हामी एमआरआई गरेर शल्यक्रिया गर्नेछौं ,’ इताह जिल्ला अस्पतालका प्रमुख चिकित्सकीय परिवेक्षक राजेश ठाकूरले भने ।

यस्तो अद्भुत चमत्कार संसारमा भइरहन्छ तर ३ वटा टाउको सहित जन्मेको भने त्यति सुनिँदैन ।
स्रोतः डेलीमेल

प्रकाशित मिति: Jul 20, 2019

प्रतिक्रिया दिनुहोस्