Logo
१८ बैशाख २०८१, मंगलबार
(July 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजधानीमा चेतनामूलक बोसिया खेलकुद प्रतियोगिता आयोजित

काठमाडौं :  अति अशक्त अपाङगता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया संघले शनिवार काठमाडौंमा चेतनामूलक बोसिया खेलकुद प्रतियोगता आयोजना गरेको छ । प्रतियोगितामा २५ जना अति अशक्त अपाङगता भएका खेलाडी सहभागी भएका हुन् ।

‘सवैका लागि खेलकुद’ भन्ने नाराका साथ अगाडि बढिरहेको बोसिया संघले काठमाडौं महानगरपालिकाको सहयोगमा लैनचौरको राष्ट्रिय टेवल टेनिस प्रशिक्षण केन्द्रमा शनिवार बोसिया खेल खेलाइएको हो ।

बोसिया संघले राष्ट्रिय तहको बोसिया खेल समेत यस अगाडि खेलाईसकेको छ भने बोसिया खेल लगायत अन्य अपाङ्गता भएका नागरिकले खेल्ने खेललाई प्रत्येक स्थानीय तहले प्रथामिकतामा राख्नुपर्छ भन्ने मान्यताका साथ पहिलोचोटि काठमाडौं महानगरपालिकाको सहयोगमा काठमाडौंमा रहेका अति अशक्त अपाङगता भएका बालबालिकालाई समेटेर चेतनामूलक खेलकुद प्रतियोगिता आयोजना गरिएको संघकी अध्यक्ष गोमा पौडेलले बताइन् ।

प्रतियोगितामा सहभागी गराउन आफ्नी १३ वर्षीया छोरीलाई लिएर आएकी अभिभावक भावना ढकालले बोसिया खेल खेल्ने भनेपछि छोरी साधनामा छुट्टै खुशी देखिने बताइन् ढकालको दैनिकी प्रायजसो छोरीको रेखदेखमा नै वित्ने गर्छ ।

यस्ता नागरिकका लागि राज्यले सवै क्षेत्रमा विशेष व्यवस्था गर्नुपर्ने उनी बताउँछिन् । ढकाल भन्छिन्, अपाङग्मैत्री संरचना अझ बढी आवश्यक भइसक्यो । प्रतियोगितामा काठमाडौं महानगरपालिका वडा नं ११ का वडा सदस्य सरोजकुमार मुल्मीले आफ्नो तहवाट खेलकुद क्षेत्रलाई अपाङ्गतामैत्री बनाउन इमान्दार प्रयत्न गरेको बताए ।

मुल्मीले अपाङगता भएका नागरिकको खेल क्षमता एवं खेल्न पाउने अधिकारको विकास र प्रत्याभूतिका लागि आफुले बहस पैरवी गर्ने उल्लेख गरे । कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष रमेश लामा, नेपाल पाराओलम्पिक कमिटिका अध्यक्ष दीपक कोइराला, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश ३ की उपाध्यक्ष लक्ष्मी काफ्ले लगायतले प्रत्येक स्थानीय सरकारले कुनै पनि कार्ययोजना बनाउँदा अपाङगता भएका नागरिकको सशक्तिकरणमा ध्यान दिएर कार्यक्रम बनाउन अपिल गरेका थिए ।

औपचारिक कार्यक्रमको अध्यक्षता बोसिया संघ नेपालकी अध्यक्ष गोमा पौडलेले गरेकी थिइन् भने संघकी महासचिव एवं राष्ट्रिय अपाङ्ग महासंघ नेपालकी कार्यसमिति सदस्य देवु पराजलुलीले कार्यक्रम संचालन गरेकी थिइन् ।

प्रकाशित मिति: Jul 14, 2019

प्रतिक्रिया दिनुहोस्