Logo
६ जेष्ठ २०८१, आईतबार
(July 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युएईकी छैठौँ रानी दुई छोराछोरी लिई फरार, जर्मनीमा रहने अनुमान

दुबईका अर्बपति शासक शेख मुहम्मद बिन राशिद अल मकुतुमकी पत्नी ह्या बिन्त अल हुसैन दुई बच्चासहित करिब ३ सय करोड रुपैँया लिएर फरार भएकी छिन् । उनी संयुक्त अरब इमिरेट्स युएइ की छैठौँ रानी हुनुका साथै जोर्डनका राजा अब्दुल्लाहकी सौतनी बहिनी समेत हुन् ।

शेख मुहम्मद युएइका उपराष्ट्रपति र प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका छन् । उनी दुनियाँका धनी शासकहरुमध्ये एक मानिन्छन् । अन्तराष्टिय सञ्चारमाध्यमहरुका अनुसार बेपत्ता रानी बेलायतको राजधानी लण्डनमा हुन सक्ने अनुमान गरिए पनि उनलाई पछिल्ला दिनमा दुबईबाट सिधै जर्मनी गएको अड्कल गरिएको छ ।

उनका साथमा ११ वर्षीया छोरी जलिला र ७ वर्षीय छोरा जायद रहेका छन् । जर्मनीमा उनले सरकारसँग राजनीतिक शरण मागेको समेत बताइएको छ । ब्रिटेनको अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेकी उनी मे २० देखि सामाजिक सञ्जालहरुमा समेत देखिएकी थिइनन् ।

अरब मिडियाहरुको अपुष्ट समाचार अनुसार ह्यालाई दुबईबाट निकाला गरिएको हो । दुबईबाट उनलाई निकाल्न जर्मनीका एक कुटनीतिज्ञको समेत हात रहको बताइएको छ । यसले गर्दा दुबई र जर्मनबीबीचको कुटनीतिक सम्बन्धमा समेत दरार पैदा हुने खतरा देखिएको छ ।

यसअघि शेखको छोरी राजकुमारी लतिफाले पनि देश छोडेर भाग्ने कोशिस गरेकी थिइन् । उनलाई भारतको गोवाबाट उद्धार गरेर संयुक्त अरब इमिरेट्सको शाही परिवारलाई बुझाइएको थियो ।

उनले आफ्नो पिताको अन्याय र अत्याचार खप्न नसकेर भाग्नुपरेको बयान दिएकी थिइन् । त्यसको केही समयपछि रानीले समेत देश त्याग्नुलाई अर्थपूर्णरुपमा लिइएको छ । रानीको खोजीमा लाग्न युएई रोयल फ्यामेलीले सम्बन्धित निकायहरुलाई निर्देशन दिएको समेत जनाइएको छ ।

प्रकाशित मिति: Jul 1, 2019

प्रतिक्रिया दिनुहोस्