Logo
६ जेष्ठ २०८१, आईतबार
(June 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एप्पलका प्रमुख डिजाइन जोनी आइभले गरे कम्पनी छाड्ने घोषणा

एजेन्सी : उनी सन् १९९२ देखि एप्पलमा काम गर्दै आएका एप्पलका प्रमुख डिजाइन अधिकृत जोनी आइभले कम्पनी छाड्ने घोषणा गरेका छन् ।

आइभले झण्डै ३० वर्ष एप्पलमा काम गरे । आइभ एप्पल कर्मचारी नरहे पनि भावि दिनमा उनले सुरु गर्न लागेको डिजाइन कम्पनीको प्रमुख क्लाइन्टका रुपमा एप्पल हुनेछ । यस हिसाबले भावि दिनका एप्पलका परियोजनामा पनि उनी जोडिने छन् ।

एप्पलको परिचय बनेको आकर्षक डिजाइनका उपकरणमा आइभको मुख्य भूमिका रह्यो । उनी र स्टीभ जब्सको कयैन महत्वपूर्ण उत्पादनमा सफल सहकार्य गरे । तिनमा क्याण्डी रंगको आई-म्याकहरुदेखि आइ-पड र सुरुको आइ-फोन उलेख्नीय रहे ।

यी उत्पादनको बलमा नै झण्डै टाट पल्टिसकेको अवस्थाबाट एप्पल विश्वको सबैभन्दा मुल्यवान कम्पनी बन्यो । उनी एप्पलमा काम गरेर स्वतन्त्र परिचय बनाउन सक्ने थोरै कर्मचारीमध्य पर्छन् । डिजाइन क्षेत्रमा महत्वपूर्ण कामको लागि उनले कयैन डिजाइनसम्बन्धी पुरस्कार जितेका छन् । उनी बेलायतको नागरिकले पाउने सर्वोच्च सम्मान ‘नाइटहुड’बाट सम्मानित छन् ।

आइभले कम्पनी छाड्ने घोषणापछि एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले एउटा वक्तव्य जारी गर्दै आइभले एप्पललाई पु¥याएको योगदानको प्रशंसा गरेका छन् । ‘डिजाइन विश्वमा जोनीको अलगै पहिचान छ । सन् १९९८ को अभूतपूर्व आइ–म्याकदेखि आई–फोनसम्म एप्पलको पुनरोदयमा उनको भूमिका जति भने पनि कमै हुन्छ ,’ कुकले भनेका छन् ।

फाइनान्सियल टाइम्ससँगको अन्तरवार्तामा आइभले भावि दिनमा खोल्ने कम्पनीको विवरण दिएका छन् । ‘लभ–फ्रम’ नाम रहने कम्पनी क्यालिफोर्नियामा रहने आइभले बताए । उनका अनुसार उक्त डिजाइन कम्पनी सन् २०२० मा औपचारिक रुपमा सार्वजनिक हुनेछ ।

कम्पनीमा जोनीको प्रभावबारे टिप्पणी गर्दै एप्पलले आइभलाई ‘एप्पलको हार्डवेयर, युजर इन्टरफेस, एप्पल पार्क, एप्पल रिटेल स्टोरदेखि सामानको प्याकेजिङसम्म लागि जिम्मेबार’ बताएको छ ।

प्रकाशित मिति: Jun 29, 2019

प्रतिक्रिया दिनुहोस्