माइतीघरमा नेवार समुदायद्वारा गुठी विधेयकविरुद्ध प्रदर्शन (फोटो फिचर)
काठमाडौं : काठमाडौंको नेवार समुदायद्वारा गुठी विधेयकको बारेमा बिहीबारका लागि तय गरिएको पूर्वघोषित कार्यक्रम भने नरोकिने भएको छ ।
सो कार्यक्रमका संयोजक डा. महेशमान श्रेष्ठले सरकारले संसदमा प्रस्तुत गरिएको गुठी विधेयक फिर्ता लिने घोषणा गरे पनि ’प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रयोग गर्नुभएको भाषालाई सहज र मर्या्दिन रुपमा लिन नसकिएकाले’ विरोध कार्यक्रमलाई निरन्तरता दिन लागिएको बताए ।
प्रेस विज्ञप्तीमार्फत संयोजक श्रेष्ठले ’विधेयकमा भएको त्रुटिलाई सरकारले स्पष्ट भाषामा स्विकार नगरेकाले निरन्तर खबरदारी आवश्यक रहेको’ बताएका छन् ।