Logo
२५ बैशाख २०८१, मंगलबार
(May 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तानको कमजोर प्रदर्शन, १०५ रनमा अलआउट

लन्डन :  १२ औँ एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आफ्नो पहिलो खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई १ सय ६ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिला ब्याटिङ गर्ने जिम्मा पाएको पाकिस्तानले विर्सनलायक प्रदर्शन गर्‍यो। उसले २१ ओभर चार बलमा सबै विकेट गुमाएर १ सय ५ रनमा सिमित भयो। वेस्ट इन्डिजका ओसेन थोमसले ४ र जेसन होल्डरले ३ विकेट लिए। आन्द्रे रस्सेलको नाममा २ विकेट रह्यो।

पाकिस्तानका फखर जमान र बाबर आजमले सर्वाधिक २२र२२ रन जोडे। इमाम उल हकले २, ह्यारिस सोहेलले ८, सरफराज अहमदले ८ र मोहम्मद हाफिजले १६ रन जोडे। ३५ रनमा एक विकेट भएको पाकिस्तान त्यसपछि सम्हालिन सकेन।

२२ वर्षीय थोमसले वेस्ट इन्डिजका लागि केवल १० औँ एकदिवशीय अन्तर्राष्ट्रिय खेल खेल्दैछन्। उनले पाँच ओभर ४ बलमा २७ रन खर्चिए।

प्रकाशित मिति: May 31, 2019

प्रतिक्रिया दिनुहोस्