Logo
२५ बैशाख २०८१, मंगलबार
(May 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकप क्रिकेट आजबाट सुरु हुँदै, उद्घाटन खेलको टिकट मूल्य २३५ युरोसम्म

लन्डन :  विश्व क्रिकेटको कुम्भमेला आज (बिहीबार) बाट सुरु हुँदैछ । इंग्ल्याण्डमा र वेल्समा आयोजना हुने प्रतियोगिताको क्रिकेट समर्थकहरुमा निकै चासोको विषय रहेको छ ।

क्रिकेट जगतको कुम्भमेलालाई प्रत्यक्ष रुपमा देख्ने सबैको चाहना हुन्छ । क्रिकेट हर्ने समर्थकहरुले यसअघिनै धेरै टिकटहरु बुक गरिसकेका छन् । यसैबीच इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच हुने उद्घाटन खेलको लागि पनि टिकटहरु बुक भैसकेका छन् ।

मे ३० देखि जुलाई १४ सम्म चल्ने विश्वकपमा ४८ वटा खेल हुनेछन् । सबै खेलमा समर्थकहरुको धेरै अपेक्षा गरिएको छ । विश्वकपको उद्घाटन खेलको टिकट मूल्य कति होला भन्ने पनि चासोको विषय बनेको छ ।

लन्डनस्थित दि ओभलमा हुने इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीचको उद्घाटन खेलको टिकट मूल्य ७० देखि २ सय ३५ युरोसम्मको रहेको छ ।

प्रकाशित मिति: May 30, 2019

प्रतिक्रिया दिनुहोस्