Logo
२५ बैशाख २०८१, मंगलबार
(May 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गर्भ बसेपछि एमी ज्याकसनले गरिन् इन्गेजमेन्ट, चाँडै नै विवाह गर्ने तयारीमा

बलिउड नायिका एमी ज्याकसनले सन् २०१९ मा एउटा तस्बिर सेयर गर्दै आफ्नो प्रेमीलाई सार्वजनिक गरेकी थिइन् । यसका साथै उनले जर्ज पानायिटूलाई आफूलाई भाग्यमानी महिला बनाइदिएकोमा धन्यवाद पनि दिएकी थिइन् । आफ्ना प्रेमीको नाम खुलासा गरेपछि नायिकाले आफू गर्भवती भएकोसमेत जानकारी दिएकी थिइन् जसले धेरैलाई चकित बनाएको थियो ।

एमीबारे अर्को नयाँ खबर सार्वजनिक भएको छ । भारतीय मिडियाका अनुसार उनले हालै आफ्ना प्रेमी जर्ज पानायिटूसँग लण्डनमा इन्गेजमेन्ट गरेको खबर छ ।

इन्गेजमेन्टको तस्बिर सोसल मिडियामा सेयर गरिएको छ । यो जोडीले इन्गेजमेन्टपछि चाँडै नै विवाह पनि गर्ने खबर आइरहेको छ । एमी अन्तिम पटक फिल्म २.० मा रजनीकान्त र अक्षय कुमारसँग देखिएकी थिइन् ।

केही दिन अघि नायिकाले एक म्यागजिनसँगको अन्तरवार्तामा बच्चालाई यति चाँडै जन्माउने कुनै पूर्वयोजना नभएको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘हामीले बच्चाको योजना बनाएका थिएनौं । हामी यस्तो अवस्थामा छौं जहाँ सबै कुराका लागि तयार हुन्छौं । मलाई लाग्दैन कि कसैले यसको लागि योजना बनाउन सक्छ तर हामी सही स्थानमा छौं ।’ उनले थपिन्, ‘हामी दुबै निकै खुसी छौं, हामीसँग राम्रो घर छ र आमा-बुवा बन्न लागेकोमा निकै उत्साहित छौं ।’

प्रकाशित मिति: May 6, 2019

प्रतिक्रिया दिनुहोस्