Logo
६ जेष्ठ २०८१, आईतबार
(May 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चक्रवात ‘फानी’का कारण बंगलादेशमा ६ को मृत्यु

ढाका :  बंगलादेशको तटीय इलाकामा फानी नाम दिइएको आँधीका कारण शनिबार ६ जनाको मृत्यु भएको छ । बंगलादेशी विपद व्यवस्थापन मन्त्री महताब उद्दीनले आँधीका कारण कम्तीमा ६३ जना घाइते भएको पनि जानकारी दिए ।

तर स्थानीय सञ्चार माध्यमहरुले मृत्यु हुनेको संख्या करिब १० जना रहेको र करिब एक हजार घर क्षतिग्रस्त भएको बताएका छन् । बंगलादेशी अधिकारीहरुले फानीका कारण घरहरुमा क्षति पुगेको, रुखहरु ढलेका, विद्युत सेवा अबरुद्ध भएको र रेल, सडक तथा हवाई सेवामा असर परेको बताएका छन् ।

टेलिभिजनहरुले तटीय क्षेत्रहरुमा आएको बाढीका कारण जलमग्न भएको दृश्य देखाएका छन् । बंगलादेशी अधिकारीहरुले दशौं हजार मानिसलाई सुरक्षित स्थलमा पुर्याएका छन् ।

बंगलादेशी जलवायु विज्ञान विभागका निर्देशक शमसुद्दीन अहमदले फानीको बेग निकै मत्थर भइसकेको बताए । सन् २००९ मा आइला नाम गरेको आँधीले दक्षिणपश्चिम बंगलादेशमा ताण्डब मच्याउँदा झण्डै १७९ जनाको ज्यान गएको थियो भने ३० लाखभन्दा बढी मानिस प्रभावित भएका थिए ।

प्रकाशित मिति: May 5, 2019

प्रतिक्रिया दिनुहोस्