Logo
२ जेष्ठ २०८१, बुधबार
(May 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीलंकापछि केरलामा पनि लगाइयो बुर्कामाथि प्रतिबन्ध

केरला :  केरलाको प्रभावशाली मुस्लिम एजुकेसन सेसाइटीले बिहिबारदेखि लागु हुने गरि बुर्कामाथि प्रतिबन्ध लगाएको छ ।

सोसाइटीले आफ्ना संस्थाहरुमा पढ्न आउने छात्राहरुमाथि यो प्रतिबन्ध लगाएको हो । कपडाले मुख छोप्ने बुर्कामाथि प्रतिबन्ध लगाउन गत वर्ष नै केरलाको उच्च अदालतले आदेश दिएको थियो ।

सोसाइटीले त्यही उच्च अदालतको आदेशको पालना गर्दै आफूहरुले बुर्कामाथि प्रतिबन्ध लगाएको जनाएको छ । टाइम्स अफ इन्डियामा प्रकाशित समाचार अनुसार यो सोसाइटीमा त्यो क्षेत्रका १५० भन्दा धेरै संस्थाहरु सामेल छन् । यसलाई परिवर्तनकारी विशेष कदमका रुपमा चित्रण गरिएको छ ।

त्यसो त भारतमा पनि विभिन्न राजनीतिक दलहरुले बुर्कामाथि प्रतिबन्ध लगाउनु पर्ने माग गर्दै आएका छन् । केही अघि श्रीलंकामा भएको शृङ्खलाबद्ध विस्फोटपछि श्रीलंकाले पनि बुर्कामाथि प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति: May 3, 2019

प्रतिक्रिया दिनुहोस्