Logo
२३ बैशाख २०८१, आईतबार
(May 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रिति जिन्टाका पूर्व प्रेमीलाई जापानमा २ वर्षे जेल सजाय

२ सय ८३ वर्ष पुरानो वाडिया समूहका उत्तराधिकारी नेस वाडियालाई लागुऔषध राखेको आरोपमा जापानमा दुई वर्षको जेल सजाय सुनाइएको छ ।

त्यहाँको सपोरो जिल्लाको अदालतले वाडियालाई सजाय सुनाए । यद्यपी, उनी पाँच वर्षका लागि जेल जानु पर्दैन ।

यसैबीच नेसले जापानमा विभिन्न गैर-कानूनी काम गरिरहेकाले उनलाई जेल पठाइने अन्तरराष्ट्रिय मिडियाले बताएका छन् । मिडिया रिपोर्टका अनुसार वाडिया मार्चमा जापानको होक्काइडो आइल्याण्डको एयरपोर्टमा पक्राउ गरिएको थियो । उनीसँग २५ ग्राम लागुऔषध भेटिएको थियो । नेस छुट्टी बिताउन जापान गएका थिए ।

वाडियाले नीजि प्रयोगका लागि लागुऔषध राख्ने कुरा स्विकारे : रिपोर्ट

रिपोर्टका अनुसार नेस वाडिया २० मार्चअघि जापान पुलिसको हिरासतमा थिए । पछि जमानतमा छुटेर भारत फिर्ता भएका थिए । उनले नीजि प्रयोगका लागि लागुऔषध राखेको कुरा स्विकारेका थिए । नेस वाडिया आइपीएल समूह किंग्स इलेवन पंजाबका सह–मालिक हुन् । उनी नायिका प्रीति जिन्टाका पूर्व प्रेमी हुन् ।

नेसको जिम्मेवारी प्रभावित हुनेछैन : वाडिया ग्रुप

वाडिया ग्रुपले नेस भारतमा भएको जानकारी दिएका छन् । ग्रुपले भन्यो, ‘जापानको अदालतले उनलाई जुन सजाय सुनाएको छ त्यो सस्पेन्ड छ । त्यसकारण नेसको काम–कारवाही र उनको जिम्मेवारीमाथि कुनै असर पर्ने छैन ।’

वाडिया ग्रुपसँग ब्रिटानिया, गो एयरजस्ता कम्पनी :

नेस, वाडिया ग्रुपका अध्यक्ष नुस्ली वाडियाका जेठो छोरा हुन् । बम्बे डाइंग, ब्रिटानिया इन्टष्ट्रिज र गो एयर वाडिया ग्रुपको कम्पनी हो । नेस बम्बे डाइंग र बम्बे बरमाह ट्रेडिङ कर्पसमेत केही अन्य कम्पनीका निर्देशक हुन् ।

प्रकाशित मिति: May 1, 2019

प्रतिक्रिया दिनुहोस्