Logo
३ जेष्ठ २०८१, बिहीबार
(April 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

के विवेकको करियर बर्बाद गर्नमा सलमान कै थियो हात ?१५ वर्षपछि खुल्यो रहस्य

मुम्बई :  सन् २००४ मा विवेक ओबरायले पत्रकार सम्मेलन गरे । पत्रकार सम्मेलन उनकी प्रेमिका अर्थात् सलमान खानकी पूर्वप्रेमिकाको विषयमा गरिएको थियो ।

सलमानसँग ब्रेकअप भएपछि विवेकसँग प्रेम सम्बन्धमा रहेकी ऐश्वर्यालाई सलमानले बारम्बार दुख दिएपछि उनले पत्रकार सम्मेन गरेका थिए । तर, त्यसपछि फिल्म निर्माताहरुले उनीहरुसँग दुरी बढाए ।

यसै सन्दर्भलाई जोडेर विवेकले १५ वर्षपछि सलमानलाई इशारा गर्दै उनीहरुको बीचको सम्बन्ध र करियरलाई जोडेर केहि खुलासा गरेका छन् । अभिनेता विवेक अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिकको प्रमोशनमा जुटेका छन् । यसैबीच, उनले उनको करियर २००४ बाट नै प्रभावित भएको बताएका छन् ।

उनले २००४ को घटनापछि पनि बलिउड उद्योगमा रहेको उल्लेख गर्दै ६ भाषामा काम गरेको र २० भन्दा बढी अवार्ड जितिसकेको जानकारी दिए । उनले बलिउडको दौडधुपलाई कम गरेर छोराछोरीलाई धेरै समय दिएकाले थोरै मात्र फिल्ममा काम गरेको उल्लेख गरे । उनलाई सलमानले मार्ने धम्की दिएको भए उनीसँग मुकाविला गरेर सार्वजनिक रुपमै उनीसँग दुस्मनी लिएकोमा कुनै पछुतो नभएको बताए । उनले उनको करियरमा ब्रेक लाग्नुमा सलमान खानको हात रहेको इशारा गरे ।

प्रकाशित मिति: Apr 10, 2019

प्रतिक्रिया दिनुहोस्