Logo
२४ बैशाख २०८१, सोमबार
(April 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोर्टोमाथि लिभरपुलको महत्वपूर्ण जित

काठमाडौँ : च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा प्रिमियर लिग क्लब लिभरपुलले पोर्टोलाई २-० गोल अन्तरले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा लिभरपुलले नाबी किइटा र रोबोर्टो फिर्मिनोको गोलको मद्धतले पोर्टोमाथि पहिलो लिगमा २-० को महत्वपूर्ण बढ्त लिन सफल भएको छ ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा केइटाले खेलको ५औ मिनेटमा नै फिर्मिनोको असिस्टमा गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको २६औ मिनेटमा फिर्मिनोले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर परेका थिए ।

गुएनाका स्ट्राइकर केइटाले लिभरपुलका लागि दोस्रो गोल गर्दै लिभरपुलमा सहि समयमा सहि सुरुवात गरेका छन् ।

अब दुवै क्लबबीच दोस्रो लिग अप्रिल १८ मा पोर्टोको घरेलु मैदानमा हुने छ । पोर्टोसँग दोस्रो लिगको सामना गर्नु अघि लिभरपुलले प्रिमियर लिगमा १४ अप्रिलमा चेल्सीको सामना गर्ने छ ।

प्रकाशित मिति: Apr 10, 2019

प्रतिक्रिया दिनुहोस्