Logo
१२ श्रावण २०८१, शनिबार
(March 15, 2023)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा प्रवेश कटुवाल

नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा प्रवेश कटुवाललाई नियुक्त गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन लिग क्लब मछिन्द्र फुटबल क्लबका मुख्य प्रशिक्षक रहेका कटुवाललाई नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा नियुक्त गरेको हो ।

उनलाई बुधबार सहायक प्रशिक्षकमा नियुक्त गरिएको एन्फाले जनाएको छ । कटुवालसँग राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको अनुभवसमेत छ ।

गत कात्तिकमा भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा कटुवालले राष्ट्रिय टिमको मुख्य प्रशिक्षक भूमिका निर्वाह गरेका थिए ।एन्फाले विनोद डंगोललाई गोलकिपर प्रशिक्षक नियुक्त गरेको छ ।

प्रकाशित मिति: Mar 15, 2023

प्रतिक्रिया दिनुहोस्