Logo
७ बैशाख २०८१, शुक्रबार
(April 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लोकसेवा टिप्स :  थाहा पाइराख्नुहोस् ३० नयाँ वस्तुगत प्रश्नोत्तर

काठमाडौं :
१. मध्य युरोपेली राष्ट्र स्लोभाकियामा पहिलोपटक महिला राष्ट्रपति बन्न सफल नेतृ को हुन् ?
– जुजाना क्यापुटोभा (सन् २०१९ मार्च)

२. भारतद्वारा पहिलो भू-उपग्रह भेदी क्षेप्यास्त्रको सफल परीक्षण कहिले गरियो ?
– सन् २०१९ मार्च २७
– यो भारतको पहिलो भू-उपग्रह भेदी हतियारको प्रयोग भएको बताइएको छ । भारतले पृथ्वीको भू-उपग्रहीय तल्लो कक्षमा राखिएको भू-उपग्रहलाई क्षेप्यास्त्रमार्फत खसाल्न सफल भएको हो । यसरी क्षेप्यास्त्र खसाल्न सफल हुने देशको सूचीमा भारत चौथो (अमेरिका, रुस र चीनपछि) स्थानमा रहन पुगेको छ ।
– भारतीय वैज्ञानिकहरूका अनुसार क्षतिग्रस्त भू-उपग्रह पृथ्वीबाट करिब ३०० किलोमिटर माथि पृथ्वीको तल्लो कक्षमा रहेको छ ।
– भारतले यति कम उचाइमा कुनै पनि भू-उपग्रह प्रक्षेपण गरेको थिएन । सामान्यतया यस प्रकारको परीक्षणले अन्तरिक्षमा फोहर फैलिने गर्छ, जुन पछि गएर खतरनाक साबित हुन सक्छ । चीनले यस्तै प्रकारको क्षेप्यास्त्र परीक्षण गर्दा विश्वका कैयौँ देशले त्यसको आलोचना गरेका थिए ।

३. हाल नेपालमा आउने वैदेशिक लगानीको अनुपात प्रतिव्यक्ति कति रहेको छ ?
– दुई डलर (यस्तो लगानी भारतमा प्रतिव्यक्ति ३३ र चीनमा १०० डलर रहेको छ )

४. लेप्चा सङ्ग्रहालयको निर्माण कहाँ गरिने भएको छ ?
– इलाम

५. नेपालमा हाल आरोहणका लागि खुला गरिएका हिमालको सङ्ख्या कति छ ?
– ४१५
– राजधानीबाट नजिक रहेको सिन्धुपाल्चोक जिल्लास्थित जुगल हिमाल आरोहण पहिलोपटक खुला (२०७५) गरिएको छ ।
– अझै १ हजार ३ सयभन्दा बढी हिमाल आरोहणका लागि योग्य रहेको विज्ञले बताएका छन् ।

६. ताल र हिमनदी विशेषज्ञ भनी चिनिने नेपाली को हुन् ?
– डा. रिजनभक्त कायस्थ

७. नेपाल र टोगोबीच कूटनीतिक सम्बन्ध कहिले कायम भएको हो ?
– सन् २०१९ मार्च २२ (नेपालसँग कूटनीतिक सम्बन्ध कायम गर्ने टोगो १६४ औँ राष्ट्र हो )

८. काजकिस्तानले आफ्नो देशको राजधानीको नाम परिवर्तन गरी के नामकरण गरेको छ ?
– नुर सुल्तान (सन् २०१९ मार्च २३ मा राजधानी अस्तानाको नाम परिवर्तन गरी नुर सुल्तान बनाइएको हो )

९. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सिरियामा खटाइएका अमेरिकी फौज फिर्ता गर्ने घोषणा कहिले गरिएको हो ?
– सन् २०१८ डिसेम्बर १९

१०. बेलायती प्रधानमन्त्री थेरेसा मेद्वारा बेलायत ईयूबाट विना कुनै सम्झौता बाहिरिने विषयमा पेस गरिएको प्रस्ताव हाउस अफ कमन्सबाट तेस्रोपल्ट कहिले अस्वीकृत भएको हो ?
– सन् २०१९ मार्च २९
– ब्रेक्जिटबारे आफ्नो पुरानो सम्झौता संसद्बाट पारित गराउने प्रयासस्वरूप मार्च २९ मा गराइएको मतदानमा ईयूसँग विनासम्झौता बाहिरिनु ठीक हो भन्ने प्रस्ताव ३४४ जना सांसदद्वारा अस्वीकृत भएको । प्रस्तावको पक्षमा २८६ मत मात्र परेको ।
– ईयूसँगको सहमतिबमोजिम यही मार्च २९ देखि बेलायत ईयूबाट बाहिरिनुपथ्र्यो तर प्रधानमन्त्री मेले गत साता बहिर्गमन मिति बढाउन युरोपेली नेताहरू समक्ष आग्रह गरेकाले सो समयावधि अप्रिल १२ सम्म लम्बाइएको ।

११. ‘अरूको कुरा गरेर समय खेर फाल्नुभन्दा आफ्नो अवगुणको आलोचनात्मक चिन्ता गरे चरित्रको विकास हुन्छ ‘ भन्ने विद्वान् को हुन् ?
– स्वामी विवेकानन्द

१२. आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कति खेल समावेश गरिने भएको छ ?
– ३५
– राष्ट्रिय खेलकुद परिषद्को १११औँ बोर्ड बैठकले आठौँ राष्ट्रिय खेलकुद वि।सं। २०७६ वैशाख ५-११ सम्म सञ्चालनको मिति तय गरेको छ । यद्यपि आठौँ राष्ट्रिय खेलकुदमा समावेश विभिन्न खेलमध्ये केही खेलहरू यही चैत २७ गतेदेखि नै सुरु गरिने भएको । प्रदेश पाँचमा आयोजना गरिएको आठौँ राष्ट्रिय खेलकुदका खेलहरू बाँके, बर्दिया, दाङ र रुपन्देहीमा खेलाइने छ ।
– प्रतियोगितामा ५ हजार २११ खेलाडी (२ हजार ८२५ पुरुष र २ हजार ३८६ महिला) को सहभागिता रहने छ ।
प्रतियोगितामा समावेश ३५ खेलहरू :
फुटबल, एथ्लेटिक्स, बक्सिङ, भारोत्तोलन, टेबलटेनिस, क्रिकेट, लङटेनिस, पौडी, सुटिङ, भलिबल, स्क्वास, तेक्वान्दो, जुडो, आर्चरी, कबड्डी, खो-खो, उसु, बास्केटबल, ब्याडमिन्टन, साइक्लिङ, कराँते, कुस्ती, फेन्सिङ, ट्रायथलन, प्याराग्लाइडिङ, गल्फ, ह्यान्डबल, बुद्धिचाल, सफ्टटेनिस, आईटीएफ तेक्वान्दो, सेपाकताक्रो , जिम्न्यास्टिक, शारीरिक सुगठन, फुल कन्ट्याक्ट कराँते र हकी ।

१३. चैतालो पर्व नेपालको कुन क्षेत्रमा प्रचलित पर्व हो ?
– सुदूरपश्चिम  (महाकाली, सेती र कर्णालीमा प्रचलनमा रहेको यो पर्वमा विवाहित छोरी-चेलीलाई माइती पक्षले चैत महिनामा छोरीको कर्मघरमा गएर भेट गर्ने परिपाटी रहेको छ । भेटमा सौगातको रूपमा विभिन्न परिकार एवं कपडा प्रदान गर्ने गरिन्छ । चैतालो भन्नाले माइतबाट दिइने विशेष कोसेली बुझिन्छ । यो पर्व भारतको पिथौरागढ, कुमाउँ, देहरादुनमा पनि प्रचलनमा रहेको छ )

१४. नेपाल इन्भेस्टमेन्ट समिट- २०१९ को आयोजना कहिले गरियो ?
– वि.सं. २०७५ चैत १५ र १६
– सम्मेलनमा बहुपक्षीय विकास साझेदार संस्थालगायत करिब ४० देशका उच्चस्तरीय प्रतिनिधि मण्डल र लगानीकर्तासहित छ सयभन्दा बढी स्वदेशी र विदेशी लगानीकर्ता सहभागी रहेका थिए ।
– सम्मेलनमा कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्रसम्बन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी ३० खर्ब रुपियाँभन्दा बढीका ७७ वटा परियोजना प्रस्तुत गरिएको ।
– सरकारले सम्मेलनका क्रममा विभिन्न ७७ वटा आयोजनालाई ‘शो–केस’ मा राखेको भए पनि १५ वटा आयोजनाको सम्झौता भएको । ‘शो- केस’ मा राखिएका आयोजनामध्ये १७ वटा आयोजनामा वैदेशिक लगानीकर्ताले चासो देखाए । यद्यपि, अप्रिल २० तारिखसम्म ‘शो- केस’ मा राखिएका आयोजनामा आवेदन दिन सकिने बताइएको छ ।

–  सम्झौता भएका आयोजनामा पूर्वाधार तथा यातायात क्षेत्रका ७ , ऊर्जाका ४ , कृषिका ३ , शिक्षा तथा स्वास्थ्यका २ र लजिस्टिक पार्कको १ रहेको ।
– नेपालले सन् २०२२ सम्ममा अति कम विकसित मुलुकबाट मध्यम आयस्तरमा, सन् २०२५ सम्ममा तीव्र गतिको विकास गर्नका निम्ति अनुकूल आर्थिक विकासको स्तर र सन् २०३० सम्ममा दिगो विकासको लक्ष्य हासिल गर्ने उद्देश्य लिएको ।

१५.  नेपाल टेलिकमद्वारा फोर्थ जेनेरेसन (फोरजी) सेवा कहिलेदेखि सुरु गरिएको हो ?
– वि.सं. २०७३ पुस १७
– फोरजी सेवाको सञ्चालनपश्चात् ३२ दशमलव ४ एमबीपीएसको गतिमा इन्टरनेट चलाउन सकिने ।
– फोरजी सेवा थ्री जीभन्दा करिब दश गुना तीव्र गतिको हुने ।

१६. अमेरिकास्थित केबल न्युज नेटवर्कद्वारा प्रदान गरिन सीएनएन हिरो अवार्ड प्राप्त गर्ने पहिलो नेपाली को हुन् ?
– अनुराधा कोइराला (सन् २०१०)
– सीएनएन–हिरो अवार्डबाट सम्मानित हुने दोस्रो नेपाली पुष्पा बस्नेत (सन् २०१२) हुनुहुन्छ । उहाँ सीएनएन सुपर हिरो अवार्डबाट समेत सम्मानित हुनुभएको थियो ।
– सन् २०१५ मा नेपाली बालबालिकाको क्षेत्रमा कार्य गरेकी अमेरिकी युवती म्यागी डोयन यो अवार्डबाट सम्मानित हुनुभएको थियो ।
– सन् २००७ बाट घोषणा गर्न थालिएको यो अवार्डको पुरस्कार राशि ५० हजार डलर रहेको छ ।
– सीएनएन हिरो अवार्ड-२०१८ बाट सम्मानित हुने व्यक्ति पेरुका डा. रिकार्डो पुन-चोङ हुनुहुन्छ ।

१७. युवा वर्ष मोती पुरस्कार-२०७५ बाट सम्मानित हुने स्रष्टा को हुन् ?
– केशव सिग्देल र चन्द्र रानाहछा
–  वि.सं. २०७२ बाट प्रदान गर्न थालिएको यो पुरस्कारबाट पहिलोपटक साहित्यकार दैवज्ञराज न्यौपाने सम्मानित हुनुभएको थियो ।
– हाल यो पुरस्कारस्वरूप ५० हजार रुपियाँ र स्वर्ण पदक प्रदान गरिन्छ ।

१८.  नोबल शान्ति पुरस्कार प्राप्त गर्ने पहिलो इराकी नागरिक को हुन् ?
– नादिया मुराद
– उहाँले सन् २०१८ को नोबल शान्ति पुरस्कार प्राप्त गर्नुभयो । त्यहाँको आतङ्ककारी सङ्गठन आईएसद्वारा अपराधमा परी यौनदासी बनाइएकी नादिया त्यहाँबाट निस्किन सफल हुनुभएको थियो ।

१९. बराबर क्षेत्रफल भएका नेपालका दुई जिल्ला कुन-कुन हुन् ?
– रामेछाप र तनहुँ
(१५४६ वर्ग कि.मि. ) तथा बर्दिया र डोटी (२०२५ वर्ग कि.मि. )

२०. ‘हरियो साइकल’ नामक कृतिका लेखक गोविन्द वर्तमान हुन् भने हरियो राहदानी नामक कृतिका लेखक को हुन् ?
– युवराज नयाँघरे

२१.  नेपाल टेलिभिजनबाट साप्ताहिक रूपमा संस्कृृत भाषामा समाचार प्रसारण गर्न कहिलेदेखि थालिएको हो ?
– वि.सं. २०७५ असोज ६

२२. नेपाली साहित्यको इतिहासमा पहिलोपटक १३ जना कविद्वारा सिर्जित महाकाव्य कुन हो ?
– आरोहण (विमोचन : २०७५ मङ्सिर १५)

२३. बराबर क्षेत्रफल भएका नगरपालिका बनेपा र धुलिखेल ९५५ वर्ग कि.मि.  हुन् भने बराबर क्षेत्रफल भएका गाउँपालिका कुन-कुन हुन् ?
– चम्पादेवी र चिशङ्खुगढी गाउँपालिका  : क्षेत्रफल १२६.९१ वर्ग कि.मि.

२४. मुलुकी देवानी (संहिता ) ऐन, २०७४ अनुसार कति वर्ष उमेर पूरा नगरेको बालबालिकालाई नाबालक मानिन्छ ?
– १८ वर्ष
– यस ऐनअनुसार १८ वर्ष उमेर पुगेका प्रत्येक नागरिक बालिग मानिने ।
– त्यस्तै, १० वर्ष उमेर पूरा भई १८ वर्ष पूरा नगरेको व्यक्ति अर्ध सक्षम मानिने ।

२५. नेपाल राष्ट्र बैङ्कद्वारा हाल खरिद र बिक्रीको सुविधा प्रदान गरिएका विदेशी मुद्राको सङ्ख्या कति रहेको छ ?
– २१ (राष्ट्र बैङ्कले पछिल्लोपटक हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, स्वीडिस क्रोन्ट र डेनिस क्रोनरको बिक्री खुला गरेको )

२६. पेपर गोल्ड मुद्रासँग सम्बन्धित छ भने ग्रिन गोल्ड केसँग सम्बन्धित छ ?
–  चिया

२७. नेपालमा कुन अवधिलाई वन दशकका रूपमा घोषणा गरिएको छ ?
–  वि.सं. २०७१-२०८०

२८.  नेपाल सरकारले राष्ट्रिय किसान आयोग गठन गर्ने निर्णय कहिले गरेको हो ?
–  वि.सं.  २०७३ माघ ६

२९. सबैभन्दा बढी उमेरमा प्रधानमन्त्री बनेका नेता को हुन् ?
–  महाथिर मोहम्मद (मलेसिया)
(सन् २०१८ मे ९ मा सम्पन्न निर्वाचनमा ९२ वर्षको उमेरमा उहाँ त्यहाँको प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको हो ।)

३०. कोप-२४ सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
– सन् २०१८ डिसेम्बर २-१४, पोल्यान्डको कोटोविस । सम्मेलनमा करिब २ सय राष्ट्रको सहभागिता रहेको । सम्मेलनमा २सय राष्ट्रमा प्रतिनिधिहरू हरितगृह ग्यास उत्सर्जन कटौती र विश्वव्यापी तापक्रम वृद्धि रोकथामको प्रयासलाई नियमन गर्ने विषयमा सहमत भएका ।
– सम्मेलनमा नेपालको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीको सहभागिता रहेको ।
– कोप-२५ सन् २०१९ मा चिलीमा आयोजना हुने ।

प्रकाशित मिति: Apr 3, 2019

प्रतिक्रिया दिनुहोस्