Logo
३ जेष्ठ २०८१, बिहीबार
(April 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउडमा चर्चा कमाउन सफल ५ जोडी

मुम्बई : बलिउड फिल्म उद्योग एकसेएक स्टारले भरिएका छन् । जो निकै हिट फिल्म समेत दिन सफल देखिएका छन् । तीमध्ये बलिउडमा केही यस्ता जोडी छन् । जसले एकसाथ कयौं हिट फिल्म दिएको देखिन्छ । जुन जोडी दर्शकले रुचाएका पनि छन् । अहिले चर्चा ती पाँच जोडीको गर्न खोजिएको छ । जसले एकसाथ कयौं फिल्म अभिनय गरेर पर्दामा दर्शकलाई रोमाञ्चित गराए ।

अक्षय कुमार र सुनील शेट्टी
अक्षय कुमार र सुनिल शेट्टीको जोडीले पर्दामा निकै उथल पुथल पारेका छन् । अहिलेसम्मको अभिनय दौरानमा यी दुबैले एकसाथ मोहरा, सपूत, वक्त हमारा है, हेरा फेरि, फिर हेरा फेरि, धड्कन, दे दना दन, जानी दुश्मन, आवारा पागल दिवाना लगायत १३ फिल्म गरेको देखिन्छ ।

अमिताभ बच्चन र धमेन्द्र
चर्चित फिल्म ‘शोले’का जय र वीरु अर्थात अमिताभ र धर्मेन्द्रले एकसाथ ६ फिल्म अभिनय गरेका छन् । फिल्मका नाम हुन् –जबान, शोले, चुपके चुपके, शुरमा भोपाली, राम बलराम र चरणदास ।

सलमान र शाहरुख खान
सलमान र शाहरुख बलिउडका ठुला स्टार मानिन्छन् । यी दुबै स्टारले एकसाथ केही फिल्ममा काम गरेका छन् । हालै प्रदर्शनमा आएको फिल्म जीरो र ट्युव लाइटमा पनि दुबै एकसाथ देखिएका थिए । यी जोडीले दुश्मन दुनिया, करण अर्जुन, कुछ कुट होताहै, हम तुम्हारे है सनम जस्ता सुपरहिट फिल्म दिएका हुन् ।

गोविन्दा र सञ्जय दत्त
गोविन्दा र संजयले एकसाथ मिलेर दर्शकलाई धेरै मनोरन्जन दिए । कमेडी होस् या एक्सन दुबैको जोडी निकै मन पराइएको छ । यी दुबैको एकसाथ दो कैदी, आन्दोलन, जोडी नम्बर वान, एक और एक गहेर, हसिना मान जाएगी, ताकतवर लगायत ७ फिल्म आएका छन् ।

अनिल कपुर र ज्याकी श्राफ
अनिल कपुर र ज्याकी श्रापको जोडीलाई कतिपयले भाइभाइको प्रेम भन्दै राम लखनको नामले समेत पुकारे । अभिनय दौरानमा दुबैले काला बजार, कर्मा, राम लखन, कभी ना कभी, परिदा, त्रिमूर्ती , युद्ध, अन्दर बाहर, रुपकी रानी चारोका राजा लगायत ९ फिल्म अभिनय गरेका छन् ।

 

प्रकाशित मिति: Apr 2, 2019

प्रतिक्रिया दिनुहोस्