Logo
१ जेष्ठ २०८१, मंगलबार
(March 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अब स्तन क्यान्सर हुनबाट यसरी जोगाउनुहाेस् आफुलाई

काठमाडौं : विश्वमा सन् २०१५ स्तन क्यान्सरको कारणले ५ लाख ६१ हजार महिलाको मृत्यू भएको थियो । जुन महिलाहरुमा क्यान्सर सम्बन्धी मृत्यूको करीब १५ प्रतिशत हुन आउँछ । स्तन क्यान्सर वंशाणुगत कारण धेरै हुन्छन् ।

यस्ता छन् जोखिमका कारणहरु :

– सुर्तिजन्य पदार्थ सेवन गर्ने महिलामा पनि जोखिम हुन्छ ।
– हार्मोनको असरले चाँडै महिनावारी सुरु हुनु । ढिला महिनावारी सुक्नु ,ढिलो उमेरमा पहिलो सन्तान जन्माउनुले पनि जोखिम हुन्छ ।
लक्षण
– स्तन क्यान्सरको सुरुवातमा केही लक्षण नहुँन पनि सक्छ ।
– स्तनको आकार परिर्वतन हुनु स्तनमा गिर्खा फेला पर्नु ।
– कहिलेकाहिँ स्तनको वरिपरिको छाला परिवर्तन भई चाउरी पर्ने
– स्तनको मुन्टोबाट रगत तथा पिप मिसिएको दुध आउनु ।
– स्तनमा लामो समयसम्म निको नहुने घाउ हुनु ।
– स्तनको मुन्टो गाडिनु ।
– परिवारमा कसैलाई स्तन क्यान्सर भएमा
– वंशाणुगत कारण जस्तै आमा, दिदी, बहिनी, छोरी वा नजिकका नातेदारहरुमा स्तन क्यान्सर भएमा ।
– स्तनपान नगराउने महिलाहरुमा जोखिम हुन्छ ।
-स्तनमा पहिला देखिनै गाँठा गुठी भएमा
– अविवाहित प्रौढ महिला तथा धेरै मोटो महिलामा ।

यस्ता छन् स्तन क्यान्सरको रोकथाम :
– समयमा विवाह गरी सन्तान जन्माउने र स्तनपान गराउने ।
– चिल्लो तथा बोसोयुक्त खानेकुरा कम खाने ।
– नियमित व्यायाम गरी मोटोपन घटाउने ।
– सूर्तिजन्य पदार्थको सेवन नगर्ने ।
– समय समयमा स्तनको परीक्षण गर्ने ।
– स्तन क्यान्सरको परीक्षण विधि
– वर्षको एकपटक मेमोग्राम,अल्ट्रासाउण्ड,एफएनएसि र वायोप्सी गराउने ।
– स्तनमा खिर्गा फेला परेमा चिकित्सकलाई देखाउने ।
– ४० वर्ष मुनिका महिलाहरुले स्तनको अल्ट्रासाउण्ड गराउने । ४० वर्ष पुरा भएमा मेमोग्राम गराउने । स्तन क्यान्सर पारिवारिक क्यान्सर पनि भएकाले परिवारका सदस्यलाई स्तन क्यान्सर भएको छ भने परिवारका अन्य सदस्यले पनि परीक्षण गराउन अत्यन्त जरुरी छ ।

प्रकाशित मिति: Mar 30, 2019

प्रतिक्रिया दिनुहोस्