Logo
१७ बैशाख २०८१, सोमबार
(March 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अप्रिल १९ मा विवाह गर्दै अर्जुन र मलाइका, खबर गोप्य राखिदिन आग्रह

एजेन्सी :  बलिउड नायिका मलाइका अरोडा खान र नायक अर्जुन कपुरको विवाहको मिति तोकिएको बारे विभिन्न भारतीय मिडियाले समाचार प्रकाशित गरिरहेका छन् ।

भारतीय मिडिया रिपोर्टका अनुसार मलाइका अरोडा र अर्जुन कपुरले १९ अप्रिल, २०१९ मा विवाह गर्ने भएका छन् । स्रोतका अनुसार विवाहलाई निकै गोप्य राख्ने कोसिस भइरहेको छ । यसमा मलाइका र अर्जुनका परिवारका सदस्य र निकै नजिकका साथीमात्र उपस्थित हुने बताइएको छ ।

यद्यपि यसबारे अहिलेसम्म कुनै आधिकारिक बयान भने सार्वजनिक भइसकेको छैन । भारतीय मिडिया अनुसार विवाहको तयारी जोडतोडका साथ सुरु भइसकेको छ । उनीहरुले क्रिश्चियन रितिरिवाजमा विवाह गर्ने बताइएको छ । यता मलाइका अर्जुनले तयारीमा लागेका सबैलाई विवाहको खबर गोप्य राखिदिन आग्रह गरेको बताइन्छ ।

प्रकाशित मिति: Mar 28, 2019

प्रतिक्रिया दिनुहोस्