Logo
१८ बैशाख २०८१, मंगलबार
(March 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शरीरमा किन र कसरी काँडा उम्रन्छ ? हेर्नुहोस् विज्ञानले के भन्छ त ?

काठमाडौँ :  जाडो मौसम होस् वा तर्सिएको अवस्था हाम्रो शरीरको छालामा स-साना बिमिरा देखिन्छन्, यसलाई हामी काँडा उम्रिएको भन्छौं ।

बेलायतका एक शोधकर्ताका अनुसार मानिसमा एक्कासि डर, खुसी वा आश्चर्य उत्पन्न हुँदा शरीरमा काँडा उम्रन्छन् । चिसो वा जाडोमा पनि काँडा उम्रन्छ । त्यस्तै बढी तनाव वा उत्साहित हुँदा पनि शरीरमा काँडा देखापर्छ ।

मानिसमा एक्कासि डर, खुसी, आश्चर्य उत्पन्न हुँदा शरीरको एड्रिनालिन ग्रन्थिबाट एड्रिनालिन हार्मोन स्राव हुन्छ । यसले रौंको फेदमा रहेको सानो मांसपेशीलाई खुम्चाइदिन्छ । यसले गर्दा रौंको फेदको छालाको तन्तु ठाडो र कडा रूपमा माथि उठ्छ । यसलाई नै हामी काँडा उम्रिएको भन्छौं ।

प्रकाशित मिति: Mar 19, 2019

प्रतिक्रिया दिनुहोस्