Logo
२१ असार २०८२, शनिबार
(March 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लाजिम्पाटमा तेस्रोलिंगीको शंकास्पद मृत्यु, एक पक्राउ

काठमाडौं : लाजिम्पाटमा एक तेस्रोलिंगी व्यक्तिको ‘शंकास्पद’ मृत्यु भएको छ । कास्की घर भई हाल लाजिम्पाट बस्दै आएका ३१ वर्षीय जीवन गुरुङको ‘शंकास्पद’ मृत्यु भएको हो

महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) विनोद शर्मा घिमिरेका अनुसार आइतबार बिहान गुरुङको कोठामा उनको शव भेटिएको थियो । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । पोष्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरीले बताएको छ । मृत गुरुङको निधारमा चोट देखिएकाले तेस्रोलिंगी समाजले घटनालाई शंकास्पद मानेको छ ।

उनीहरुले दरबारमार्ग प्रहरीमा गुरुङसँगै बस्ने विदेश कार्कीविरुद्ध किटानी जाहेरी दिएका छन् । जसको आधारमा उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । गत शुक्रबार मादक पदार्थ सेवन गरेर कार्कीले मृतक गुरुङलाई कुटपिट गरेको जाहेरीमा उल्लेख छ । त्यसबारे प्रहरीलाई समेत खबर गरिएको थियो । तर, पहिले अस्पताल लैजान सुझाइएपछि उपचारका लागि वीर हस्पिटल लगिएको थियो ।

उपचारपछि गुरुङ फर्किएका थिए तर, त्यसबारे प्रहरीलाई केही जानकारी थिएन । एक्कासी शव भेटिएको खबर पाएपछि प्रहरी अनुसन्धानका लागि गुरुङको कोठामा पुगेको हो ।

प्रकाशित मिति: Mar 11, 2019

प्रतिक्रिया दिनुहोस्