Logo
२५ बैशाख २०८१, मंगलबार
(March 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अदालतले फैसला सुनाइसकेपछि टिकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न सभामुखकाे ‘रुलिङ’

काठमाडाैं : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले कैलालीको टिकापुर घटनाका सम्वन्धमा छानबिन गर्न गठन भएको ‘लाल आयोगको प्रतिवेदन’ सार्वजनिक गर्न ‘रुलिङ’ गरेका छन् ।

आइतबारको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले ‘लाल आयोगको प्रतिवेदन’ सार्वजनिक नगरिए सदनको कारबाही रोक्ने चेतावनी दिएपछि सभामुख महराले सरकारको विशेष ध्यानाकर्षण गराएका हुन् ।

उच्च प्रहरी अधिकारीसहित ९ जनाको हत्या भएको उक्त घटनाका सम्बन्धमा केही दिन पहिले कैलाली जिल्ला अदालतले फैसला सुनाएको थियो । जिल्ला अदाललते राजपकाे तर्बाफट निर्वािचत भएका प्रतिनिधिसभा सदस्य रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।

उक्त घटनाको छानबिन गर्न सर्वोच्चका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वका आयोग गठन भएको थियो । आयोगले स्थलगत अध्ययनपछि सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

तर, उक्त प्रतिवेदन गृह र प्रधानमन्त्री कार्यालयमा गोप्य राखिएको छ । प्रतिवेदन सार्वजनिक नभएपनि जिल्ला अदालतले आफ्ना सांसदलाई दोषी ठहर गरेपछि राजपा अध्यक्षमण्डलका संयोजक महेन्द्रराय यादवले ‘याे प्रतिवेदन किन लुकाइयो’ भनि जवाफ माग गरेका थिए ।

प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रतिवेदन सार्वजनिक भएका आफ्नाे दमन खुल्ने भन्दै सरकार डराएकाे बताए । उनले सरकारलाई प्रतिवेदन सार्वजनिक गर्न ‘रुलिङ’ गर्न सभामुखसमक्ष माग गरेका थिए ।

प्रकाशित मिति: Mar 10, 2019

प्रतिक्रिया दिनुहोस्