Logo
१९ बैशाख २०८१, बुधबार
(March 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मलेठ घटनाको स्मरण कार्यक्रम : राजेन्द्र महतो रोइरहँदा मुख्यमन्त्री राउत हाँस्दै थिए !

राजविराज : सरकारलाई दिएको समर्थन फिर्ता लिएर बिहिबार राष्ट्रिय जनता पार्टीले प्रदेश २ को सप्तरी जिल्ला स्थित मलेठमा दुई वर्षअघि भएको घटनाको स्मरणमा आयोजना गरिएको श्रद्धाञ्जलीसभा कार्यक्रमा दलबल सहित उपस्थिती जनायो । संयोग पनि कस्तो भने तत्कालिन नेकपा अध्यक्ष केपि शर्मा ओली जस्को कार्यक्रमलाई लिएर उक्त घटना भएको थियो आज उँही ओली प्रधानमन्त्री छन् र यसअघिसम्म सरकारलाई राजपाको समर्थन पनि थियो ।

बिहिबारको कार्यक्रमा उपस्थित मध्ये प्रदेश २ का मुख्यमन्त्री तथा संघीय समाजवादी फोरमका उपाध्यक्ष लालबाबु राउत हासिरहेको र राजपा अध्यक्ष राजेन्द्र महतो रोइरहेको तस्विर भाइरल भइरहेको छ ।

तस्विरमा महतोले आँखामा सेतो रुमाल लिएर पुच्छदै गरेको देखिएका छन् भने सोही तस्विरमा उता राउत भने हासिरहेको देखिएका छन् । यद्यपी सोही मंचमा रहेका राजपा अध्यक्षहरु महेन्द्रराय यादव, शरतसिंह भण्डारी गभ्भिर मुद्रामा देखिएका छन् । त्यस्तै छेउमा बसेका फोरमकै अर्का नेता तथा प्रदेश २ का मन्त्री शैलेस साह पनि हाँसिलो मुद्रामा देखिएका छन् ।

यस तस्विरलाई लिएर चौतर्फी रुपमा समाजिक संजाललमा प्रतिकृयाहरु आइरहेका छन् । राजपा समर्थकहरुले फोरमका नेताहरु खुश्याली मनाइरहेको तर राजपाका नेतारुले दुखः मनाइरहेको भन्दै प्रतिकृया सहित भाइरहल बनाइएको छ ।

कार्यक्रममा सहभागीहरुले नेताहरुले कुन कार्यक्रममा भाग लिएको छु । ‘बडी ल्याग्वेज’ कस्तो हुने हो राख्ने हो आदी कुराको खयाल नगर्दा यस्तो अवस्था देखिएको बताए । कार्यक्रमको तस्विरमा महतोले रुमाल लिएर आँखा पुच्छदै गरेको देखिएपनि उनी रोउकै हो की होइन त्यो भने पुष्टि भएको छैन ।

तत्कालीन नेकपा एमालेले चलाएको मेची-महाकाली अभियानविरुद्ध तत्कालीन मधेसी मोर्चाका कार्यकर्ताले गरेको विरोधमा प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोलीबाट ५ जना मारिएका थिए ।

राष्ट्रिय आन्दोलनको आवश्यकता : राजपा

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवले अब राष्ट्रिय आन्दोलनको आवश्यकता रहेको बताएका छन् । उनले राष्ट्रिय आन्दोलनका लागि पहिचान तथा अधिकारवादी आन्दोलन गर्दै आएका समूहबीच एकता हुन जरुरी रहेको औंल्याए । उनले मलेठ घटनाका दोषीलाई कडाभन्दा कडा कारबाही गरिनुपर्नेमा पनि जोड दिए ।

त्यस्तै राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस र मधेसी जनतामाथि धोखा दिएको आरोप लगाए । उनले भने-संविधान संशोधन गर्ने बाहानामा हामीले ओली सरकारलाई विश्वासको मत दियौँ, तर यो सरकारको एक वर्षको बाटो कुर्दा पनि बेइमानी बाहेक हामीसंग गरेको वाचा पुरा गरेनन् ।’

उनले सरकार विरुद्ध हतारमा भन्दा पनि व्यवस्थित र राष्ट्रिय आन्दोलन गर्ने बताए । यसको लागि सम्पूर्ण मधेशी, आदिवासी जनजाती, थरुहट, दलित, पिछडावर्ग, महिला लगायत सिमान्तकृत वर्गकाहरुले विगतमा गरेका आन्दोलनहरुलाई समेटेर एकैपटक राष्ट्रिय आन्दोलन गर्न आन्तरिक तयारीमा जुट्नु पर्ने बताए । उनले टीकापुर घटना राजनीतिक भएको भन्दै रेशम चौधरीलाई अनावश्यक रुपमा मुछिएको दाबी गरे ।

त्यस्तै राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य सरतसिंह भण्डारीले ओली सरकार घमण्डी सरकार रहेको आरोप लगाउदैँ उनी अझै पनि सुध्रिन नसकेको बताए । त्यस्तै राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले मधेशी जनता एक ढिक्का नभएकै कारण मधेशीहरु विगतदेखि नै राजनीतिक रुपमा ठगिँदै आएको बताए ।

यस्तै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले मलेठ आन्दोलनका दोषीलाई कारवाही गराएरै छाड्ने बताए । उनले पीडितलाई अन्तर्राष्ट्रिय अदालतमा गएर भएपनि न्याय दिलाउने बताए ।

राष्ट्रिय मानवअधिकार अयोगले मलेठ घटना बारे सार्वजनिक गरेको प्रतिवेदन गलत रहेको बताउँदै उनले प्रदेश सरकारले पनि मलेठ घटनाको प्रतिवेदन तयार गरिरहेको बताए ।

उनले प्रदेश सरकारले मधेश आन्दोलनका शहिदहरुलाई केन्द्रमा राखेर योजना बनाइ कार्य गरिरहेको पनि बताए । श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै फोरम नेपालकी उपाध्यक्ष रेणु यादवले राजविराज स्थित अस्पतालको नाम परिवर्तन बताइन् ।

प्रकाशित मिति: Mar 8, 2019

प्रतिक्रिया दिनुहोस्