Logo
२४ बैशाख २०८१, सोमबार
(March 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्थायीको माग राखेर आन्दोलनमा राहत र बालविकासका शिक्षक (तस्बिरसहित)

काठमाडौं : राहत तथा बालविकास शिक्षक केन्द्रीय समितिले सामुदायिक विद्यालयमा लामो समयदेखि राहत दरबन्दी र बालविकास केन्द्रमा क्रियाशील शिक्षकलाई प्रक्रिया मिलाएर स्थायी गर्नुपर्ने माग गरेको छ । लामो समयदेखि देशभर कार्यरत त्यस्ता शिक्षकलाई दरबन्दीमा परिणत गरी सेवासुविधा र स्तरोन्नतिको वृद्धि गर्नुपर्ने समितिले माग गरेको हो ।

देशभरबाट आएका शिक्षक माइतीघर मण्डलामा भेला भई बालविकास केन्द्रमा शिक्षामा कार्यरत शिक्षकलाई उमेरको हदबन्दी हटाउनुपर्ने, सम्पूर्ण बालविकास शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्नेलगायत माग गर्दै समितिले प्रदर्शन गरेको हो । समितिका अध्यक्ष खेमराज अधिकारीले शिक्षा ऐनमा त्यस्ता शिक्षकबारे विशेष व्यवस्था गरी सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

कक्षा १ देखि १० सम्म अध्यापन गराउने करीब ४० हजार राहत शिक्षक, कक्षा १ मा भर्ना हुनु अगाडिका बालबालिकालाई पढाउने ३६ हजार बालविकासका शिक्षक र कक्षा ११ देखि १२ सम्म पढाउने छ हजार शिक्षक उक्त आन्दोलनमा छन । वैदेशिक सहयोग तथा कार्यक्रमबाट सञ्चालित विभिन्न शैक्षिक कार्यक्रमअन्तर्गत त्यस्ता शिक्षकलाई सरकारले अनुदान मध्येबाट तलब उपलब्ध गराउँदै आएको बताइएको छ ।

प्रकाशित मिति: Mar 4, 2019

प्रतिक्रिया दिनुहोस्