Logo
१६ बैशाख २०८१, आईतबार
(February 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाइल्स के हो ? समस्या र समाधान : यसबाट बच्न के गर्ने ? कसरी गर्ने उपचारमा विश्वास

काठमाडौँ : पाइल्ससम्बन्धी समस्या हुने व्यक्तिहरुको सङ्ख्या बढ्दो क्रममा छ । हाम्रो शरीरमा लाग्ने धेरै रोगको कारण अस्वस्थ्य खाना र निष्क्रिय जीवनशैली हो । यही कारणमध्ये एक हो पाइल्स पनि । पाइल्स गोप्य अङ्गमा हुने हुँदा धेरै व्यक्तिहरु रोग लागे पनि समयमा चिकित्सकलाई देखाउँन जाँदैनन् । जसले गर्दा पाइल्स बढ्दै जाने र पछि स्वास्थ्यमा अन्य समस्याहरु पनि देखिन सक्छ ।

नेपाल सरकारसँग यतिनै पाइल्सको बिरामी छ भन्ने तथ्याङक छैन तर डब्लूएचओको भनाई अनुसार १० प्रतिशत जनसंख्यामा पाइल्सको समस्या हुनसक्छ । मल त्याग गर्दा (दिसा गर्दा ) असह्य पीडा हुने, मलद्वारबाट रगत बग्ने, मलद्वारा वरिपरि गाँठो वा मासुको डल्लो महसुश हुने, चिलाउनु, रातो हुने तथा पोल्ने लगायतका लक्षण देखापर्यो भने पाइल्स हो भनेर बुझन् सकिन्छ ।

धेरैमा देखिने पाइल्स कस्तो रोग हो ? कस्ता व्यक्तिलाई लाग्छ ? यो रोग लाग्नुको कारण ? उपचार र समाधानको बारेमा वीर अस्पतालका वरिष्ठ कन्सलटेण्ड सर्जन डा. इन्द्र कुमार झाले जानकारी गराएका छन्ः

डा. इन्द्र कुमार झा

पाइल्स के हो ?

पाइल्स मानिसमा मात्रै देखिने रोग हो । पाइल्सलाई टेक्निकल भाषामा हेमोरोइड भनिन्छ । हिमको अर्थ ब्लड र सर भनेको रगतको फ्लो हो । यो दुबै टर्मबाट हेमोरोईड बनेको हो र अर्काे सामान्य नागरिले बुझने भाषामा पाइल्स पनि भनिन्छ । नेपालमा हर्ष भनेर पनि बुझ्न सकिन्छ ।

पाइल्स भनेको नशाको बल भनेर बुझ्न सकिन्छ । मलद्वारको नशाहरुलाई पृथ्वीको गुरुत्वकेन्द्रले तानिरहेको हुन्छ, जसले गर्दा पाइल्स हुन्छ ।  ठूलो आन्द्राको अन्तिम भागमा मलद्वार हुन्छ । लगभग चार सेमी इन्ज लामो मलद्वार सुन्निएमा पाइल्स हुने गर्छ । पाइल्स भएमा मलद्वारको आन्तरिक (भित्री) भाग तथा बाह्य भागमा मासुको डल्लो जस्तो गाँठो पर्ने गर्छ ।

जहाँबाट बेलाबेलामा रगत निस्कने गर्दछ । दिसा बस्दा थप दवाव सिर्जना भएमा त्यहाँबाट मासुको डल्लो समेत निस्कने गर्छ । पाइल्स वंशाणुगत पनि हुने रोग हो । तपाँईको परिवारको कुनै सदस्यलाई भएको छ भने आफूलाई पनि हुने सम्भावना हुन्छ । दिसा पास हुने ठाउँमा रगतनलीहरु हुन्छन् ।

कुनै कारणले सोही रगतनली फुल्लेर आउनु र सोही नशा बाहिर निस्कनु अर्थात तल झर्नुलाई नै पाइल्स भनिन्छ । कहिलेकाहिँ नशा बाहिर ननिस्कनेर रगत झर्ने समस्या भने हुन्छ । नियमित सन्तुलित भोजन नभएका, धेरै प्याकेटको खाना अर्थात जङ फुडहरु खाने, मासुजन्य पदार्थ धेरै खाने व्यक्तिहरुमा र दिसा गर्दा धेरै बल प्रयोग गर्दा मलद्धारको नसाहरु तलझर्ने र पाइल्स हुने सम्भावना हुन्छ ।

कस्ता व्यक्तिलाई हुन्छ पाइल्स ?

गर्भावस्थाको क्रममा पाचन समस्या हुने हुँने गर्भवती महिलालाई पाइल्सको समस्या हुने सम्भावना हुन्छ । गर्भावस्थामा धेरैलाई पाइल्स हुने सम्भावना हुन्छ । पाइल्स रोग यस्ता व्यक्तिलाई हुन्छ भन्ने नेपालमा अनुसन्धान नभए पनि अनुभवको आधारमा भन्नु पर्दा २० वर्ष भन्दा माथि उमेरको नागरिकहरुमा बढी देखिएको छ ।

तर २० वर्ष भन्दा मुनिको व्यक्तिलाई हुँदैन भन्न खोजिएको होइन तर कम हुन्छ । ३५ वर्ष कटेका व्यक्तिहरुमा यस्ता समस्या अलि धेरै देखिन्छ । नेपाली सेना, ट्राफिक प्रहरी, सुरक्षा गार्ड जो एकै ठाँउमा धेरै बेरसम्म बसिराख्नु पर्ने अर्थात उभिराख्नु पर्ने हुन्छ, यस्ता व्यक्तिमा पाइल्सको समस्या हुने सम्भावना धेरै हुन्छ ।

पाइल्सका चरणहरु

पाइल्समा ४ चरणका हुन्छन् । जसमा मलद्वारबाट रगत मात्रै बग्ने समस्या हुन्छ त्यसलाई पहिलो चरणको पाइल्स भनेर चिन्न सकिन्छ । तर पहिलो चरणको पाइल्समा नशाहरु बाहिर आउँदैन । दोस्रो चरणको पाइल्स भनेको धेरै जोडसँग दिसा गर्दा अथवा बढी एक्सरसाईज गर्दा नशाहरु बाहिर झर्छ तर दिसागरीसके पछि फेरि आफै भित्र जान्छ ।

तेस्रो चरणको पाइल्स भनेको दिसा गर्दा तल झर्छ त्यो आफैँ भित्र जादैन । हातले भित्र पठाउनुपर्ने हुन्छ । यस्तै चौथौँ चरणको पाइल्स भनेको मलद्धारबाट बाहिर निस्कन्छ र जति कोसिश गरे पनि भित्र जाँदैन । पाइल्सको समयमा उपचार भएन र धेरै लामो समय सम्म रगत बग्यो भने बिरामीमा एनिमिया अर्थात रक्तअल्पता हुने सक्ने सम्भावना हुन्छ । त्यसैले बेवास्ता नगरी पाइल्सको समयमानै उपचार गर्न जरुरी छ ।

लक्षणहरु : 

दिशा गर्ने ठाउँ अर्थात मलद्वार वरिपरि चिलाउनु ,मलद्वारबाट सिँगान जस्तो बग्नु जस्ता समस्याहरु पाइल्सको सुरुवाती लक्षण हुन् । पाइल्स हुने समयमा मलद्वारमा रियाक्सन गर्ने भएको हुँदा यस्ता लक्षण देखिन्छन् । तर, मलद्वारमा देखिन पाइल्स जस्ता रोगहरु सबै पाइल्स भने हुँदैनन् । कतिपय बिरामीले पाइल्सको उपचार गर्दागर्दै पनि पछि क्यान्सर भएको थाहा हुन्छ ।

त्यसैले हामीले दिशाबाट रगत बग्ने सबै समस्या पाइल्सनै हो भनेर बस्न हुन्न, क्यान्सर पनि हुन सक्छ । छोटो समयमा यस्तो रोग देखिएको खण्डमा क्यान्सर पनि हुन सक्छ । क्यान्सर थोरै दिनमा फैलिसकेको हुन्छ । त्यसैले दिशामा रगत आउँनसाथ चिकित्सक कहाँ जान पर्छ ।

कसरी गर्ने उपचारमा विश्वास : 

पाइल्सको उपचार गर्ने भन्दै बजारमा हल्ला फिँजाएर बस्ने धेरै छन । उनीहरुको पाइल्सको उपचारको लागि आधिकारी व्यक्ति होकी होइनन् भन्ने जान्न जरुरी हुन्छ । आयूर्वेदिक, होमियोप्याथी, एलोप्याथी सर्जन सबैलाई उपचारको लागि सरकारले वैधानिकता दिएको छ । तर आयूर्वेदमा उपचार हुन्न भन्न मिल्दैन र पनि सबै उपचार सम्भव छैन ।

पाइल्सको उपचार भए पनि सर्जिकल उपचार नहोला । क्यान्सरको उपचार सम्भव नहुन सक्छ । त्यसैले आयूर्वेद या होमियोप्याथीमा उपचार गर्न गएका बिरामीहरुलाई निको हुन्छ भन्दै राख्नु भन्दा पनि बिरामीको अवस्था हेरी सर्जन कहाँ समयमै पठाउने गर्नुपर्छ ।जुन उपचार बिधि अपनाए पनि बिरामी उपचारमा जान जरुरी हुन्छ ।

पाइल्स जस्तो मानिने क्यान्सर पनि सुरुमा दुख्ने र रगत बग्नेनै हुन्छ । तर धेरैले क्यान्सलाई पनि पाइल्स भन्दै बस्छन् । बिरामीको तौल घट्ने ,शरीरमा रक्तअल्पता हुने ,शरीर कमजोर हुने ,खाना मन नलाग्ने जस्ता क्यान्सरको लक्षण हुन् । पाइल्स जस्तो रोग देखिए पनि यस्ता लक्षण भएको खण्डमा क्यान्सर होकी भनेर पनि स्वास्थ्य परिक्षण गर्न जरुरी हुन्छ ।

तर सबै पाइल्स क्यान्सर हुँदैन । पाइल्स हुदा क्यान्सर होकी भनेर डराउँनु पर्दैन । तर यस्तो लक्षण देखा परेको खण्डमा भने क्यान्सर हुन सक्छ र क्यान्सरको चिकित्सक कहाँ जान अपरिहार्य छ । सुरुको अवस्थामा पाइल्सनै भए पनि पाइल्सको उपचार चल्दै जाने र पछि क्यान्सर हुन सक्छ ।

रोग नलाग्न के गर्ने ?

– फलफूल नियमित खाने ।

– फाइबर भएको खाना खाने ।

– नियमित व्यायम गर्ने ।

– एकै ठाउँमा धेरै नबस्ने ।

– धुम्रपान, मध्यपान नगर्ने ।

– मासुजन्य पदार्थ या खशीको मासु कम खाने ।

– दिसा गर्दा धेरै बल लगाएर घन्टौँ शौचालयमा नबस्ने ।

– कब्जीयत हुन नदिने खालको खानेकुराहरु खाने । जस्तै– दैनिक फलफूल ,सागसब्जी अर्थात साकाहारी खाना खाने ।

के नखाने ?
–पाइल्सबाट बच्नको लागि मात्रै होइन स्वास्थ रहनको लागि पनि रेष्टुरेण्डको खाना नखाने खाए पनि एकदमै कम खाने । वर्गर, पिज्जा नखाने र घरमा पकाएको खाना खाने व्यक्तिलाई पाइल्स धेरै देखिन्छ । त्यसैले पाइल्स नहुनको लागि आफ्नो दैनिक जीवनलाई परिवर्तन गर्न जरुरी छ ।

–गर्भावस्था, उमेर र वंशागुणत हुने समस्यालाई परिवर्तन गर्न सकिन्न । त्यसैले खानापान र शारीरिक व्ययामलाई ध्यान दिन जरुरी हुन्छ । गर्भावस्थामा पाइल्स हुन नदिनको लागि सागसब्जी बढी खाने, कब्जीयत हुन नदिन आफूले पनि ख्याल गर्ने । पाइल्स सानो भए पनि ठूलो दुर्घटना निम्त्याउँन सक्छ ।

–सूर्तिजन्य र मादक पदार्थ धेरै खाने व्यक्तिमा पनि पाइल्सको समस्या देखिन सक्छ । सकेसम्म सूर्तिजन्य र मादक सेवन नगर्नु उपयुक्त हुन्छ ।

प्रारम्भिक उपचार विधि
–पाइल्सको सुरुवातको अवस्थामा एउटा भाँडामा तातोपानी र त्यसमा थोरै नुन राखेर मलद्वारलाई सेक्ने ।

–दिसालाई पातलो बनाउने औषधिको प्रयोग गर्ने ।

–पाइल्स कम गराउने औषधि खाने ।

#Ratopati

प्रकाशित मिति: Feb 17, 2019

प्रतिक्रिया दिनुहोस्