Logo
१९ बैशाख २०८१, बुधबार
(February 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सोमपालपछि सन्दीपले लिए लगातार दुई विकेट

काठमाडौं : नेपाल र युएईबीचको दोस्रो टि -२० खेल अन्तर्गत बलिङ गरिरहेको नेपालले चौथो विकेट झारेको छ ।  युएइको तेस्रो र चौथो विकेट नेपालमा सन्दीप लामिछानेले लिएका हुन् । उनले आफ्नो पहिलो विकेटको रुपमा साहिमान अन्वार विकेट झारेका थिए ।

भने दोस्रो विकेटकोरुपमा मुहमद उसमानको विकेट झारेका हुन् । यसअघि नेपालका सोमपाल कामीले पहिलो ओभरमा युएईका आस्फाद अहमदको किवेट झारेका छन् भने तेस्रो ओभरमा गुलाम साब्बरको विकेट लिएका हुन् । ७ ओभरको समाप्तिमा नेपालले नेपालले ४ विकेट लिएर ३९ रन दिएको छ ।

नेपाल र युएइबीचको दोस्रो टि-ट्वेन्टी क्रिकेट दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा युएइले टस जितेर नेपाललाई वलिङको निम्तो दिएको हो । दोस्रो खेलमा नेपालले २ जना खेलाडी परिवर्तन गरेको छ । बसन्त रेग्मीको ठाउँमा ललितनारायण राजवशीले प्लेयिङ ११ मा स्थान बनाएका छन् । रोहितकुमार पौडेललाई बिश्राम दिइएको छ । रोहितको स्थानमा पवन शर्राफले टी-२० मा डेब्यु गरेका छन ।

प्रकाशित मिति: Feb 1, 2019

प्रतिक्रिया दिनुहोस्