Logo
२४ बैशाख २०८१, सोमबार
(January 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विरोधका बीच राष्ट्रियसभामा चिकित्सा शिक्षा विधेयक पेस गर्न मन्त्री पोखरेलले दिए अनुमति

काठमाडौं : कांग्रेसको विरोधका बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा राष्ट्रियसभा पेस भएको छ । राष्ट्रियसभा सुरु भएलगत्तै कांग्रेस सांसदरूले विरोध जनाएका थिए ।

विरोधका बीच राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभाबाट सन्देशसहित पठाएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेस गर्ने अनुमति दिएका हुन् ।

बैठक सुरु भएलगत्तै बैठकमा भाग लिएका कांग्रेस सांसद जितेन्द्र देवले डा गोविन्द केसीको माग सम्बोधन गर्न माग गरे । अन्य सांसदले विधेयकमाथिको संशोधनको कुनै अचौत्य नभएको भन्दै बैठक अगाडि बढाउने आग्रह गरे ।

प्रकाशित मिति: Jan 31, 2019

प्रतिक्रिया दिनुहोस्