Logo
१८ बैशाख २०८१, मंगलबार
(January 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय पप गायिका भाटियाको कार दुर्घटनामा मृत्यु

मुम्बई : भारतीय पप गायिका शिवानी भाटियाको सडक दुर्घटनामा मृत्यु भएको छ । सोमबार आग्रामा आयोजित एक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनको कार दुर्घटनामा परेको हो ।

दुर्घटनामा उनका पति गम्भीर घाइते भएका छन् । दुर्घटना सुरीर कोतवाली क्षेत्रको वरिपरि भएको भारतीय सञ्चार माध्यममा उल्लेख छ । दुर्घटनाका प्रत्यक्षदर्शी शिव वीर सिंहले कार तेज तफ्तारमा भएका कारण दुर्घटना भएको बताए । प्रहरीका अनुसार कारमा सवार भाटियाका पतिको अस्पतालमा उपचार भइरहेको र भाटियाको उपचारको क्रममा मृत्यु भएको हो ।

शिवानी बिहारको सीमामन्ढीमा जन्मिएकी थिइन् । हाल कामको सिलसिलामा दिल्ली बस्दै आएकी थिइन् । शिवानी प्रायः दिल्ली नोएगाको नजिकै स्टेजमा शो गरिरहन्थिन् । उनले थुप्रै बलिउड गायकरगायिकासँग पनि स्टेज शो गरिसकेकी थिइन् ।

प्रकाशित मिति: Jan 30, 2019

प्रतिक्रिया दिनुहोस्