Logo
२४ बैशाख २०८१, सोमबार
(January 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शहीदको सपना साकार पार्न सरकारले मुलुकलाई समृद्ध र जनतालाई सुःखी बनाउने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई न्यायसहित समृद्ध बनाउने शहीदहरुको सपना साकार पार्न इमान्दार भएर काम गर्न सबैलाई आह्वान गरेका छन् । उनले कुनै पनि प्रकारको असहमति, आलोचना र विरोधलाई छाडेर मुलुकलाई सम्पन्न र समृद्ध बनाउने शहीदहरुको सपना साकार पार्ने दायित्व बिर्सन नहुने पनि स्पष्ट पारे ।

शहीद सप्ताहको अन्तिम दिन बुधबार काठमाडौंको लैनचौर स्थित शहीद पार्कमा शहीदहरुको सम्मानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शहीदहरुको सपनालाई साकार पार्न सरकारले मुलुकलाई समृद्ध र जनतालाई सुःखी बनाउने अभियानलाई दृढताका साथ अघि बढाईरहेको पनि स्पष्ट पारे ।उनले सुशासन र तीव्र आर्थिक विकासको माध्यामबाट मुलुकलाई अघि बढाउन सिंगो देशनै केन्द्रित भएर लागि परेको दाबी पनि गरे ।

उनले शहीदहरुको बलिदानीपूर्ण संघर्षबाट लोकतन्त्र, सामाजिक न्याय र समानतासहितको अधिकार प्राप्त भएको उल्लेख गर्दै अव कुनै पनि नागरिकले अधिकार प्राप्तीका लागि जीवन बलिदान गर्नुपर्ने अवस्थाको अन्त्य भएको पनि स्मरण गराए । मुलुकमा जनताको शासन व्यवस्था सुरु भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उनीहरुको अवस्थामा परिवर्तन ल्याउन सबैले दृढतापूर्वक समृद्धिको अभियानलाई अघि बढाउनुपर्ने पनि बताए । कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शहीदहरुको सपना पूरा गर्ने काममा एकतावद्ध भएर अघि बढन सबैलाई आग्रह गरे ।

उनले शहीदहरुको बलिदानीपूर्ण संघर्षबाट प्राप्त लोकतन्त्रलाई अघि बढन नदिने प्रयास पनि सुरु हुन थालेको भन्दै त्यसलाईं निष्तेज पारेर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याए । मेयर शाक्यले मुलुकलाई समृद्ध बनाएर मात्रै शहीदहरुको सपनालाई पूरा गर्न सकिने पनि स्मरण गराए। त्यस अवसरमा प्रधानमन्त्री ओलीले देश र जनताको मुक्तिका लागि जीवनको आहूति दिएका चार शहीदहरु शुक्रराज शाष्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथ चन्दको शालिकमा पुष्पगुच्छासहित माल्यार्पण गरेका थिए ।

यसै अवसरमा पारेर काठमाडौं महानगरपालिकाको नेतृत्वमा विशाल ¥याली पनि निकालिएको थियो । काठमाडौंको जमलबाट निकालिएको ¥याली लौनचौरस्थित शहीद पार्कमा पुगेर समापण गरिएको थियो। ¥यालीका गृहमन्त्री रामबहादुर थापा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: Jan 30, 2019

प्रतिक्रिया दिनुहोस्