Logo
३ जेष्ठ २०८१, बिहीबार
(January 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थाह पाइराख्नुस् : खाली पेटमा मन तातो पानी खानु फाइदा कि बेफईदा ?

एजेन्सी :  स्वस्थ रहन दैनिक ३ लिटर पानी पिउनु जरुरी छ । तर, बिहान उठ्ने वित्तिकै भने मन तातो पानीबाट सुरुवात गर्नुपर्छ ।

खाली पेट मन तातो पानी खानुका १० फाइदा :

१. नियामित मन तातो पानी खाँदा पाचन प्रणालीलाई सुधार गर्छ ।

२. छाला चमक हुन्छ :   दैनिक बिहान उठ्ने वित्तिकै मन तातो पानी पिउदा छालालाई स्वस्थ बनाउछ । अनुहारमा दाग, डन्डीफोर र चाया सम्बन्धी समस्या हराउछ।

३. कपाल स्वस्थ बनाउछ : मनतातो पानीले कपालको जरा बलियो र मझबुत बनाउँछ, कपाल सुन्दर र लामो बनाउँछ ।

४. पेटका विकार हटाउँछ : मनतातो पानीले पेटका अनावश्यक विकार र उत्तेजित पदार्थ बाहिर निकाल्न सहयोग गर्छ । शरिरको गतिविधि स्वस्थ बनाउँछ ।

५. पेटको दर्द हराउँछ : नियमित मनतातो पानी खाँदा पेटको विकार बाहिर आउने हुँदा पेटमा संक्रमण र दुखाईको सम्भावना न्यून हुन्छ।

६. कब्जियतबाट मुक्त : नियमित मनतातो पानी खाँदा पेट सफा गरिदिन्छ, कब्जियतको समस्या हट्छ।

७. वजन घट्छ : दैनिक खाली पेट मनतातो पानी खाँदा शरिरको फ्याट पगालिदिन्छ जसका कारण तौल घटाउन सहयोगी मानिन्छ।

८. संक्रमणबाट बचाउँछ : मनतातो पानी पिउदा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ, चिसो खोकी जस्ता संक्रमणबाट बचाउछ।

९. एसिडिटीबाट बचाउँछ : नियमित मनतातो पानी पिउदा शरिरमा एसिडिटिको सम्भावना हुदैन।

१०. खाली पेट मन तातो पानी खानु विभिन्न रोगबाट बच्नु पनि हो।

प्रकाशित मिति: Jan 29, 2019

प्रतिक्रिया दिनुहोस्