Logo
२६ बैशाख २०८१, बुधबार
(January 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केसीको माग पूरा गर्न सरकारले आनाकानी गरेको भन्दै चिकित्सकहरूले सुरू गरे रिले अनसन

काठमाडौं : गत पुस २५ देखि १६ औं अनसनमा रहेका अनसनरत डा. गोविन्द केसीको जीवनरक्षा माग गर्दै चिकित्सकहरुले आज ९सोमबार०बाट रिले अनसन सुरू गरेका छन् ।

चिकित्सा शिक्षा सुधारलगायत माग राखेर १६ औं अनसनमा रहेका केसीको माग पूरा गर्न सरकारले आनाकानी गरेको भन्दै नेपाल चिकित्सक संघले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म रिले अनसन सुरू गरेको हो ।

अनसन बसेपनि सेवा सञ्चालन प्रभावित हुन नदिने संघले जनाएको छ । आलोपालो बसेर सेवा प्रभावित हुन नदिने संघका अध्यक्ष मुक्ति श्रेष्ठले बताए । उपत्यकाका चिकित्सकले त्रिवि शिक्षण अस्पताल र जिल्ला बाहिरका चिकित्सकले आफू कार्यरत अस्पताल वा संघको शाखा कार्यालयमा धर्नासमेत दिएका छन् ।

प्रकाशित मिति: Jan 28, 2019

प्रतिक्रिया दिनुहोस्