Logo
२६ बैशाख २०८१, बुधबार
(January 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हिमपातले विद्यालयको छानो भत्कियो, ६ लाख बराबरको क्षति

बाजुरा : लगातारको हिमपातले बाजुराको बूढीनन्दा नगरपालिका-३ को एक विद्यालयको भवन भत्किँदा विद्यार्थीको दिवा खाजाको सामग्रीमा क्षति पुगेको छ ।

चोलूमा रहेको जनविकास आधारभूत विद्यालयको दुईकोठे भवन भत्किँदा विद्यार्थीको दिवा खाजाका लागि राखिएको चामल, दाल तेललगायतका सामग्री पुरिएको विद्यालयले जानकारी दिएको छ ।

विद्यालयको दुई कोठा भत्किएपछि विद्यार्थीलाई चिसो मौसममा पठनपाठनमा समेत समस्या भएको विद्यालयका प्रधानाध्यापक पदमलाल रेग्मीले बताए ।

कक्षा कोठामा राखिएको दिवा खाजाको सामग्रीसहित काठसमेत छोपिँदा विद्यालयको झण्डै रु ६ लाख बराबरको सामानमा क्षति भएको विद्यालयका सहयोगी नन्दराम विष्टले जानकारी दिए । बाजुरामा पाँच दिनदेखि भारी हिमपात भइरहेको छ ।

प्रकाशित मिति: Jan 28, 2019

प्रतिक्रिया दिनुहोस्