Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कमेडी चलचित्र ‘जोकर जादुगर २’ को ट्रेलर सार्वजनिक (भिडियो सहित)

काठमाडौँ : कमेडी चलचित्र ‘जोकर जादुगर २’ को ट्रेलर सार्वजनिक भएको छ। फागुन तीन गते देखि देशभरका सिनेमाघरमा आउन लागेको चलचित्र ‘जोकर जादुगर २’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलर कमेडीले भरिपुर्ण रहेको छ भने ट्रेलरमा कलाकर महादेव त्रिपाठी कसरी जोकर बन्नु पर्यो भन्ने बिशेष कथालाई पनि प्रस्तुत गरिएको छ। चलचित्रको केही दिन पहिला सार्वजनिक गीतले दर्शक, स्रोताको मन जितिरहेको बेला निर्माण युनिटले चलचित्रकको ट्रेलर सार्र्वजनिक गरको हो।

याक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुति रहेको यस चलचित्रमा कलाकार महादेव त्रिपाठीको निर्देशन तथा अभिनय रहेको छ भने विशेष पन्तको लेखन, गणेश श्रेष्ठ, कर्णबहादुर तामाङ, केदारप्रसाद कोइराला, सामन र रेहान तथा कुमार सिलवालको संयुक्त रुपमा निर्माण रेहको छ।

रिच ईन्टरटेर्मेण्ट अर्थात् करण श्रेष्ठ क्रेजीले वितरण गर्ने यस चलचित्रमा त्रिपाठीसँगै सिम्पल खरेल, सुरेन्द्र केसी (मुलाको साग), शिव शंकर रिजाल (जोगेन्द्र), अन्जु थापा, विश्वका होचो कलाकार दिपेन शाह, बालकलाकार रिहानराज गिरी, नवराज श्रेष्ठ, मेरी बास्यैकी अप्सरा लक्ष्मी श्रेष्ठ, राजेन्द्र गिरी, विनोद राई, बिशेष पन्त, सरु धिमाल, सञ्चारकर्मी सुर्य चन्द रेशम फिरिरीलागायतका कलाकारहरुको अभिनय रहको छ। यसै चलचित्र मार्फत मोडल सिम्पल खरेलले चलचित्रमा डेब्यु गर्दैछिन।

चलचित्र नेपाली समाजको यथार्थपरक घटनालाई हास्य तवरवाट निर्माण गरिएको निर्देशक त्रिपाठीले बताए। चलचत्रिलाई मधुर वस्नेतले छायांकन गरेका हुन्। बिशेष पन्तको लेखन रहेको चलचित्रलाई तारा थापा किम्बेले सम्पादन गरेका छन्।

चलचित्रमा सुगम पोखरेल, टंक बुढाथोकी, कमल खत्री, धु्रब्र बिश्को को गीत सङ्गीत, स्रमाट बस्नेतको द्वन्द्व, शिव वि।क, दीपक मदन सिंह, सोम लामाको कोरियोग्राफी रहेको छ ।

प्रकाशित मिति: Jan 27, 2019

प्रतिक्रिया दिनुहोस्