Logo
१७ बैशाख २०८१, सोमबार
(January 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक दिवशीय क्रिकेटमा नेपाल आज UAE सँग भिड्दै, यो खेलसँगै विश्व वरियतामा समावेश

काठमाडौं : नेपालले शुक्रबार युएईसँग एकदिवसीय क्रिकेट खेल्दैछ । दुबईस्थित आईसिसीको क्रिकेट एकेडेमीमा नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा सुरु हुनेछ। एकदिवसीय र टी– ट्वान्टी सिरिजका लागि नेपाली टोलि संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय मान्यता पाएपछि नेपालले दोश्रो खेल खेल्न लागेको हो । नेपालले घरेलु टोलीसँग ३ एकदिवसीय र ३ टी– ट्वान्टी सिरिज खेल्नेछ । युएईसँगको सिरिजपछि नेपाल आईसीसीको विश्व वरियतामा समावेश हुनेछ । विश्व वरियतामा पुग्न कम्तिमा ३ देखि ४ अन्तर्राष्ट्रिय खेल खेल्नुपर्ने हुन्छ । नेपालले तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको छ ।

नेपालको यो चौथो एकदिवसीय खेल हो । जिम्बाबेमा सम्पन्न विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको नेपालले गत असारमा नेदरल्याण्डसँग डेब्यु एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेको थियो । जुन सिरिज १-१ को बराबरीमा सकीएको थियो । नेदरल्याण्डसँग खेलेको करिब ७ महिनापछि नेपालले दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिज खेल्न लागेको हो ।

पहिलो एकदिवसीय सिरिजमा युएईलाई हराउने लक्ष्यसहित मैदान उत्रने छ । तर, नेपाललाई जित निकाल्न निकै कठिन भने हुनेछ ।पछिल्लो समय नेपाली क्रिकेटमा युएई बाधक बन्दै आएको छ । मलेसियामा सम्पन्न एसिया कप छनोटमा नेपाल ७८ रनले पराजित भएको थियो । यस्तै नेपाल विश्व क्रिकेट लिग डिभिजन–२ को फाइनलमा पनि युएईसँगै ७ रनले पराजित भएको थियो । त्यसअघि समूह चरणकै खेलमा भने नेपालले युएईलाई ४ विकेटले हराएको थियो ।

को-को छन् नेपाली टोलीमा
पारस खड्काको कप्तानीमा रहेको १६ सदस्यीय नेपाली टोलीका अन्य खेलाडीमा ज्ञानेन्द्र मल्ल, अविनाश बोहरा, बसन्त रेग्मी, भीम सार्की, विनोद भन्डारी, दीपेन्द्रसिंह एरी, करन केसी, ललितनारायण राजबंशी र आरिफ शेख छन् । यसैगरि पवन सर्राफ, प्रदिप एरी, रोहित पौडेल,सन्दीप लामिछाने, सोमपाल कामी र सन्दीप जोरा छन् ।

प्रकाशित मिति: Jan 25, 2019

प्रतिक्रिया दिनुहोस्