Logo
२१ मंसिर २०८१, शुक्रबार
(January 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुमारी बैंकले आर्थिक वर्षको नाफाबाट रु ६० करोड बराबरको लाभांश वितरण गर्ने

काठमाडौँ : कुमारी बैंकले आफ्ना शेयरधनीलाई ८ दशमलव ५ प्रतिशत शेयर लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट रु ६० करोड ८८ लाख ८८ हजार ५७३ बराबरको शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको चुक्ता पूँजी रु सात अर्ब १६ करोड ३३ लाख ९४ हजार ९७३ बराबरको आठ दशमलव ५ प्रतिशत शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले तत्कालीन काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स कम्पनीलाई प्राप्ती गरी एकीकृत कारोवार गर्दै आएको छ ।

ती वित्तीय संस्थालाई गाभेर गत असार १६ गतेदेखि संयुक्त कारोवार गरेकाले सो मितिले दुई वर्षभित्र गाभिएको अवस्थामा कायम रहेका शेयरधनीलाई वितरण गरेको लाभांशमा कर नलाग्ने व्यवस्था रहेको बैंकले जनाएको छ । बैंकले सोही अवधारणाका आधारमा लाभांश शेयरमा कर प्रयोजनाका लागि नगद लाभांशको व्यवस्था नगरिएको बताएको छ ।

प्रकाशित मिति: Jan 10, 2019

प्रतिक्रिया दिनुहोस्