Logo
७ बैशाख २०८१, शुक्रबार
(January 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौँबाट मात्र हुँने श्रम स्वीकृति भोलिदेखि पोखरामा पनि, अन्य जिल्लामा कार्यालय स्थापनाको काम अघि बढ्दै

पोखरा : बिहीबार (भोलि) देखि पोखराबाट पनि स्वीकृति हुने भएको छ । काठमाडौंमा मात्रै हुँदै आएको श्रम स्वीकृति अब पोखराबाट पनि दिने गरी केन्द्र सरकारको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पोखराबाट पनि श्रम स्वीकृति दिने भएको हो ।

नेपाल सरकार बैदेशिक रोजगार विभागले केहि दिन अघि नै प्राविधिकहरुलाई त्यसको तयारीको लागि पोखरा पठाएको थियो । उनीहरुले बुधबार सम्पूर्ण प्राविधिक कामहरु सकेको र बिहिबारबाट सेवा प्रदान गर्ने श्रम प्रवत्ता डा।नारायण रेग्मीले जानकारी दिए ।

‘काठमाडौँबाट मात्रै हुँदै आएको श्रम स्वीकृतिलाई देश संघीयतामा गएसँगै सबै सरकारबाट गर्न मिल्ने गरी काम अघि बढाइएको छ,’ रेग्मीले भने, ‘पोखरामा भएको कार्यालयले अहिले पुन श्रम स्वीकृत मात्रै गर्छ । केहि तयारी पछि पूर्व स्वीकृतिको काम पनि सोही कार्यालयले गर्नेछ।’

बैदेशिक रोजगारमा जानको लागि म्यानपावर कम्पनीहरुले सार्वजनिक सूचना निकालेर गरेको या त्यसै विदेश पठाउन लागेको छ त्यसबारे अनुगमन पनि प्रदेश कार्यालयले गर्नेछ । त्यस्तै पोखरामा स्थापना भएको कार्यालयले तोकिएको संख्यामा बैदेशिक रोजगारमा जानेहरुको लागि स्टिकर दिने काम समेत गर्नेछ ।

प्रदेश ५ को बुटवल र प्रदेश २ को जनकपुरबाट सेवा प्रदान गरिसकेको मन्त्रालयले बिहिबार देखि पोखरामा सुरु गर्न लागेको हो । पोखरासँगै धनगढी, सुर्खेत, बुटवल, विराटनगर र जनकपुरमा प्रदेश कार्यालय स्थापना गरी सेवा दिन लागिएको हो । बिराटनगर सुर्खेत र धनगढीमा पनि कार्यालय स्थापनाको लागि प्राविधिकहरुले काम गरिरहेको रेग्मीले जानकारी दिए।

प्रकाशित मिति: Jan 9, 2019

प्रतिक्रिया दिनुहोस्