Logo
२ जेष्ठ २०८१, बुधबार
(January 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिग बास लिगमा मेलबर्न स्टार्सको जित

१७ पुस :  बिग बास लिगमा मेलबर्न स्टार्सले दाेस्राे जित हासिल गरेकाे छ । स्टार्सले मेलबर्न रिनेगाडेसलाई ७ विकेटले पराजित गरेकाे हाे । यस जित सँगै स्टार्स लिगकाे तेस्राे स्थानमा पुगेकाे छ ।

मेलबर्न क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मेलबर्न रिनेगाडेसले निर्धारित २० ओभर ब्याटिङ गर्दै १४८ रन बनाउन सक्यो । जसमा डेनियल क्रिस्चियनले सर्वाधिक ३२ रनको योगदान गरे ।

मेलबर्न रिनेगाडेसलाई सस्तैमा समेट्न ब्राभोले ३ विकेट, कोलेमन र स्टाेनिसले  २-२ तथा जाम्पा र सन्दीपले १-१ विकेट लिए ।

१४९ रनकाे लक्ष्य लिएर मैदानमा उत्रेकाे मेलबर्न स्टार्सको जितमा ओपनर मार्कर स्टाेनिसले अविजित ७८ रनकाे पारी खेले । स्टाेनिस खेलकाे नायक बन्दै म्यान अफ दि म्याच भए । उनले ४९ बलको सामाना गर्दै ७८ रनको योगदान गरे ।

सन्दीपले यस खेलमा पनि राम्राे प्रदर्शन गरे । उनले ४ ओभर बलिङ्ग गर्दै ३१ रन खर्चेर १ विकेट लिए । उनकाे यस लिगमा  कुल ८ विकेट लिइसकेका छन् ।

प्रकाशित मिति: Jan 1, 2019

प्रतिक्रिया दिनुहोस्