Logo
२ जेष्ठ २०८१, बुधबार
(January 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाङकाे लमहीमा देशकै दोस्रो ठूलो क्रिकेट स्टेडियमकाे निर्माण पूरा

पुस १६, दाङ : दाङ देउखुरीको लमहीको निर्माणाधिन क्रिकेट मैदान, निर्माण कार्य सुरु भएको १७ वर्षपछि बल्ल पूर्ण क्रिकेट मैदान भएको छ ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगिता हुने भएपछि निर्माण कार्यले तीव्रता पाएको हो । त्यसै अनुसार अहिले मैदान सम्याउने तथा पीच निर्माणदेखि गेट निर्माणसम्मका कामहरु भैरहेको छ ।

अहिले यो मैदान क्रिकेट संघकै रेखदेखमा निर्माण भैरहेको हो । क्रिकेट परिषद् आईसीसीको मापदण्ड अनुसार निर्माण भैरहेको यो मैदानको ८० प्रतिशत काम सकिएको नेपाल क्रिकेट संघका क्युरेटर प्रफुल्लसागर प्रधानले बताउनुभयो ।

चार हेक्टर क्षेत्रफलमा फैलिएको यो मैदानका लागि लमही नगर विकास समितिले अहिलेसम्म ३ करोडभन्दा बढी रुपैयाँ लगानी गरिसकेको छ । अहिले पनि आफ्नै लगानीमा काम भैरहेको नगर विकास समितिका अध्यक्ष घनश्याम सुवेदीको भनाई छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेल हुने भएपछि राष्ट्रिय खेलकुद परिषद्ले अहिलेसम्म ७५ लाख रुपैयाँ लगानी गरेको देउखुरी क्रिकेट क्लबले जनाएको छ । यो मैदानको निर्माण कार्य पूरा भए काठमाडौं पछिको दोस्रो क्रिकेट स्टेडियम हुने क्रिकेट संघ दाङको भनाई छ ।

प्रकाशित मिति: Jan 1, 2019

प्रतिक्रिया दिनुहोस्