Logo
५ जेष्ठ २०८१, शनिबार
(December 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीदेवीकी कान्छी छोरी खुशीको बोल्ड अवतारको बलिउडमा जताततै चर्चा (हेर्नुस् तस्विरहरु)

बलिउडमा स्वर्गिय अभिनेत्री श्रीदेवीलाई विशेष सम्मानको साथ लिने गरिन्छ । उनका अहिले पनि संसारभर लाखौं करोडौंको संख्यामा सर्मथक रहेका छन । उनी मरेर गएको भए पनि उनको अभिनय अहिलेसम्म जिउँदैं छ ।

आफ्नो अभिनयको जादूबाट करोडौं मुटुहरुको धड्कन बनेकी बलिउडकी स्वर्गिय अभिनेत्री श्रीदेवीकी जेठी छोरीले अब त्यो स्थान लिने देखिएको छ । यसैवर्ष फिल्म “धडक” बाट बलिउडमा उनले कदम राखिन् ।

दर्शकहरुले फिल्मलाई मन पनि पराए । अब यसैबीच श्रीदेवीकी कान्छी छोरी खुशी कपुरले पनि बलिउडमा चाँडै डेब्यू गर्ने खबर आएका छन् । यसको खुलासा फिल्म निर्माता तथा निर्देशक करण जोहरले गरेका हुन् ।

भारतीय मिडियामा आइरहेको खबर अनुसार खुशी चाँडै नै कलाकार जावेद जाफरीका छोरा मिजानसँग बलिउडमा डेब्यू गर्नेछिन् । केही दिन अघि करण जोहर नेहा धुपियाको चर्चित शो “नो फिल्टर नेहा” मा पाहुनाको रुपमा पुगेका थिए त्यस दौरान करणले २०१९ मा बलिउडमा डेब्यू गर्ने स्टारकिड्सहरुका बारेमा बताएका थिए ।

करणले आगामी वर्षमा श्रीदेवीकी कान्छी छोरी खुशी र जावेद जाफरीका छोरा मिजानले सिने क्षेत्रमा डेब्यू गर्नसक्ने सम्भावना रहेको बताए मिजान एक डान्सर र सम्भावित ठूला स्टार बन्नेसक्ने क्षमता भएको करणले बताए । त्यस्तै उनले खुशी एकदमै सुन्दरी र प्यारी भएको पनि बताए । एजेन्सी

प्रकाशित मिति: Dec 31, 2018

प्रतिक्रिया दिनुहोस्