Logo
२ जेष्ठ २०८१, बुधबार
(December 31, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

युएईसँग हुने एक दिवसीय र टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटकाे प्रारम्भिक टिम घोषणा

काठमाडौं : युएईविरुद्धको अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्नका लागि नेपाली क्रिकेटको प्रारम्भिक टिम घोषणा भएको छ । छनोट समितिले युएईविरुद्धको सिरिजको लागि २० सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको हो । युएईसँग २५ जनवरी बाट सुरु हुने खेलमा ३ एक दिवसीय र ३ टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज हुनेछ ।

जसमा नेपालकाे कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल रहनेछन् । यस बाहेक सन्दीप लामिछाने, शरद भेषावकर, दीपेन्द्रसिंह ऐरी, बसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी,  करण केसी, आरिफ शेख, रोहितकुमार पौडेल, प्रदीप ऐरी, रहेका छन् । त्यस्तै, ललित भणडरी, ललित नारायण राजवंशी, पवन सर्राफ, सन्दीप जोरा, सुसान भारी, विक्रम सोब, भिम शार्की र अभिनाष कर्ण रहेका छन् ।

नेपालकाे खेल जनवरी २५ बाट सुरु भएर जनवरी २८ सम्म  एक दिवसीय खेल चल्नेछ र जनवरी ३१ बाट फेब्रुअरी ३ सम्म नेपालले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने छ ।

प्रकाशित मिति: Dec 31, 2018

प्रतिक्रिया दिनुहोस्