Logo
५ जेष्ठ २०८१, शनिबार
(December 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चर्चित बलिउड अभिनेत्री माधुरी दीक्षित अब राजनीतिमा ! कसले दिदैंछ टिकेट ?

मुम्बई : बलिउडका चर्चित अभिनेता अभिनेत्री राजनीतिमा जाने क्रम बढेको छ । यो भन्दा पहिले अमिताम बच्चनले पनि राजनीतिमा जाने प्रयास गरे त्यस्तैं गोविन्दा अनि शत्रुघन सिन्हा त अहिले पनि राजनीतिमा छन ।

भोजपुरी चलचित्र उद्योगमा चर्चित मनोज तिवारी पनि भारतीय जनता पार्टीमा छन । अहिले सत्तामा रहेको पार्टीले बलिउड अभिनेत्री माधुरी दीक्षितलाई पनि आगामी २०१९ मा हुने लोकसभा निर्वाचनमा महाराष्ट्रको पूणेबाट चुनावी मैदानमा उतार्ने तयारी गरेको जनाइएको छ । स्मृति इरामी पनि टेलि सिरियलमा काम गर्ने गर्थिन । उनी अहिलेको नरेन्द्र मोदी सरकारमा मन्त्री पदमा रहेकी छिन ।

भारतीय सञ्चारमाध्यमले जनाएनुसार पार्टी स्रोतलाई हवाला दिँदै लेखका छन्–बीजेपी अध्यक्ष अमित शाहले गत जुनमा मुम्बईस्थित उनको आवासमा भेटवार्ता गरेका थिए । शाह सो समय पार्टीको “सम्पर्कका लागि समर्थन” कार्यक्रमका लागि मुम्बई पुगेका थिए ।

सो क्रममा शाहले नरेन्द्र मोदी सरकारको उपलब्धिका बारेमा अभिनेत्री दीक्षितलाई जानकारी गराएका थिए । बीजेपीका एक वरिष्ठ अधिकारीका अनुसार पार्टीले माधुरीको नाम पूणे लोकसभा सिटका लागि चयन गरिएको छ ।

प्रकाशित मिति: Dec 30, 2018

प्रतिक्रिया दिनुहोस्