Logo
२ जेष्ठ २०८१, बुधबार
(December 30, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीलंकाविरुद्धको टेस्ट सिरिजमा न्यूजील्याण्डकाे जित

श्रीलंकाविरुद्धको २ टेस्टको सिरिज न्यूजील्याण्डले १–० ले जितेको छ । पहिलाे टेस्ट बराबरी भए पनि दोस्रो टेस्टमा श्रीलंका ४२३ रनको फराकिलो अन्तरले पराजित भयाे ।

पहिलो इनिङमा १७८ रनमात्र बनाएको न्यूजील्याण्डले श्रीलंकालाई १०४ रनमा समेटेको थियो । दोस्रो इनिङमा ५८५ रन बनाउँदै न्यूजील्याण्डले श्रीलंकालाई ६६० रनको विशाल लक्ष्य दिएको थियो ।

जवाफमा श्रीलंका दोस्रो इनिङमा २३६ रन बनाउँदै अल आउट भयो । श्रीलंकालाई समेट्न नेइल वाग्नरले सर्वाधिक ४ विकेट लिँदा, ट्रेन्ट बोल्टले ३ तथा टिम साउथीले २ विकेट लिएका थिए ।

न्यूजील्याण्डकाे लागि अलराउण्ड प्रदर्शन गरेका टिम साउदी खेलकाे म्यान अफ दि म्याच घाेषित भए । उनले पहिलाे पारिमा  न्यूजील्याण्डकाे लागि अर्ध शतक सहित ३ विकेट लिएका थिए भने दाेस्राे पारिमा २ विकेट  लिएका थिए ।

दोस्रो इनिङमा श्रीलंकाका कुशल मेन्डिसले ६७ तथा दिनेश चण्डिमलले ५६ रन जोड्नु बाहेक अरुले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।

टेस्ट सकिएसँगै अब जनवरी ३ तारिखमा पहिलो एक दिवसीय क्रिकेट सिरिज सुरु हुने छ । एकदिवसीय क्रिकेटको कप्तानी श्रीलंकाका लासिथ मालिंगाले गर्नेछन् ।

प्रकाशित मिति: Dec 30, 2018

प्रतिक्रिया दिनुहोस्